हेलम्बुमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम « Khabarhub

हेलम्बुमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्थानीय तहमा सञ्चालनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रम लोकप्रिय बन्दै गएको छ । यो कार्यक्रमअन्तर्गत सिन्धुपाल्पाल्चोक हेलम्बु गाउँपालिकाका विभिन्न वडाका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।

हेलम्बु गाउँपालिकाभित्रका बस्ती–बस्तीका सडक सोलिङ गरेपछि बाह्रै महिना यातायात सञ्चालन हुने गरी अधिकांश सडक प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्तरोन्नति भएको हेलम्बुका रोजगार संयोजक शुभेक्षा आचार्यले बताए।

उनका अनुसार हेलम्बु–५ को बोल्दे सडक र गिजेडाँडा हुँदै माने जाने गोरेटो बाटो, वडा नं २ को गणेशेबगर सडक सोलिङ र वडा नं ४ को मङसाम टोल गोरेटो बाटो, सहबारी टोल गोरेटो बाटो प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यस वर्ष मर्मत तथा स्तोरन्नति गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारसँगै आफ्नो गाउँ विकास भएको हेलम्बु–५ का श्याम तामाङले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका बजेटमा नाली सोहोर्ने, सामान्य सडक मर्मतसम्भार गर्ने, सफाइ गर्ने भन्ने आम बुझाइ रहेकामा हेलम्बुमा भने सो कार्यक्रमअन्तर्गत दीर्घकालीन कार्य गरेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताए । यसले रोजगारीसँगै पालिकामा विकासको लहर छाउने उनको भनाइ छ । कार्यक्रमका लागि यो आर्थिक वर्षमा रु ६१ लाख ४८ हजार बजेट रहेको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ८ : २९ बजे

ट्रम्प र सीबीच आज भेटवार्ता हुँदै : के छन् एजेन्डा ?

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

इन्टर मिलानलाई इटालियन कपको उपाधि

काठमाडौँ – लिग च्याम्पियन इन्टर मिलानले बुधबार लाजियोलाई २–० ले

विराट कोहलीको शतक : कोलकातालाई हराउँदै आरसिबी आइपिएलको शीर्ष स्थानमा

रायपुर – विराट कोहलीको अविजित शतकीय इनिङ्सको मद्दतले रोयल च्यालेन्जर्स

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८३ साल वैशाख ३१ गते बिहीबार ।