‘सेती नदी एक साहसिक पर्यटकीय गन्तव्य’ निर्माणमा पहल थालिने | Khabarhub Khabarhub

‘सेती नदी एक साहसिक पर्यटकीय गन्तव्य’ निर्माणमा पहल थालिने


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि खुला चिडियाखाना निर्माणमा पहलकदमीसँगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाइटेड क्लबले ‘सेती नदी एक साहसिक पर्यटकीय गन्तव्य’को पहल थाल्ने भएको छ ।

पोखराको अमरसिंहचौरमा बर्सेनि गर्दै आएको पोखरा महोत्सवको यस वर्ष पुस २७ देखि माघ ९ सम्म हुने एघारौँ संस्करणबाट उक्त पहल थाल्न लागिएको हो । यसअघि महोत्सवकै आयोजना गरी प्रतिटिकटबाट रु एक सेती नदीको संरक्षणका लागि छुट्याउँदै आएको क्लबले महोत्सवबाट बचत भएको रकममध्ये केही रकम ‘सेती नदी एक पर्यटकीय गन्तव्य’ निर्माणका लागि छुट्टाएकोअध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

एघारौँ पोखरा महोत्सवका सल्लाहकार तथा महोत्सव उपसमिति संयोजकहरूको बैठकले एघारौँ पोखरा महोत्सवबाट सेती नदी एक पर्यटकीय गन्तव्य निर्माणका लागि युनाइटेड क्लबले पहलकदमी थाल्ने निर्णय गरिएको उनले बताए।

स्थापनाकालदेखि नै पोखरामा खुला चिडियाखाना निर्माणमा पहलकदमी थाल्दै आएको क्लबले दशौँ पोखरा महोत्सवसम्म आइपुग्दा रु ५८ लाख ८५ हजार दुई सय ३० हस्तान्तरण गरिसकेको र चिडियाखाना निर्माणको सम्पूर्ण जिम्मेवारी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

हाल आएर चिडियाखाना राष्ट्रिय गौरवको योजनाअन्तर्गत रही यसको निर्माणको जिम्मा गण्डकी प्रदेश सरकार मातहतमा रही जिल्ला डिभिजन वन कार्यालय कास्कीले लिइसकेकाले क्लबले चिडियाखाना निर्माण पहलकदमीको एजेण्डालाई आगामी दिनमा सेती नदी एक पर्यटकीय गन्तव्य निर्माणमा पहलकदमी थाल्न लागेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  १० : ०१ बजे

इरानबाट २९२ नागरिक लिएर भारतीय विमान दिल्लीमा अवतरण 

नयाँ दिल्ली– इरानबाट २९२ भारतीय नागरिक लिएर एक विमान मङ्गलबार

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

विदेशमा सीप सिकेर स्वदेशमा उद्यमी

भोजपुर– भोजपुरका युवाहरूमा पछिल्लो समय सीप सिकेर स्वरोजगार बन्ने लहर

देशभरका ७५३ स्थानीय तहले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– देशभरका ७५३ स्थानीय तहले मङ्गलबार आगामी आर्थिक वर्ष २०८२–०८३

यू-१६ टिमका शुभम खनालले लिए पाँच विकेट : जापान नेपालसँग ८० रनमा समेटियो

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट