दुई चालक नराख्ने लामोदुरीका ४१ बस कारबाहीमा « Khabarhub

दुई चालक नराख्ने लामोदुरीका ४१ बस कारबाहीमा


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामोदुरीका यात्रुवाहक सवारी साधनमा दुई चालक नराख्ने ४१  जना कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले काठमाडौँको नागढुंङगा नाकामा एप मार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल भएको नपाएपछि कारबाही गरेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार टिसिए एपमा शुरुको गन्तव्यमै सवारी चालकको फोटो, सवारी चालक अनुमति पत्रको नम्बर र सवारी साधनको नम्बर अपलोड गरेपछि नागढुङ्गा नाका सहित सातै वटै प्रदेशका १५ स्थानमा रहेको चेक प्वाइन्टमा डाटा सर्कुलर भएका आधारमा चालक फेरबदल भए/नभएको यकिन हुन्छ।

०७५ माघ २८ बाट सुरु भएको यो चेकिङ केही समय, सञ्चालनपछि कोभिड लगायतले रोकिएकोमा पुनः गत असोज ३१ बाट सुरुवात भएको थियो। पछिल्लो पटक ४१ सवारीसाधनका चालक कारबाहीमा परेको महाशाखाले जनाएको छ।

उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ६ को दफा १०४ मा पनि चालकको पालो फेर्नु पर्ने व्यवस्था अन्तर्गत लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा दुई वटा चालक अनिवार्य रूपमा राखी प्रत्येक ५ घण्टापछि पालै पालोसँग सवारी चलाउनुपर्छ।

तनाव र थकानले दुर्घटनाको जोखिम बढ्ने भएकाले अनिवार्य रूपले लामोदुरीका यात्रुवाहक सवारीसाधनमा दुई जना चालकको व्यवस्था छ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ८ : १६ बजे

ड्रम बजाउने र नाच्ने मान्छेले वाचा पूरा गर्न नसकेपछि ‘भोट फिर्ता लैजाऊ’ भने : आनन्दप्रसाद ढुंगाना

काठमाडौं– नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले आफ्ना

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।  

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र