ज्येष्ठ सदस्यलाई पेन्सन, अपाङ्गता भएकालाई भत्ता वितरण  | Khabarhub Khabarhub

ज्येष्ठ सदस्यलाई पेन्सन, अपाङ्गता भएकालाई भत्ता वितरण 


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङको आदर्श सञ्चार सहकारी संस्थाले ज्येष्ठ शेयर सदस्यलाई बर्सेनि पेन्सन र अपाङ्गता भएका शेयर सदस्यलाई भत्ता वितरण गर्दै आएको छ । संस्थाले पाँच वर्षदेखि ज्येष्ठ शेयर सदस्यलाई वर्षको रु दुई हजार चार सयका दरले र अपाङ्गता भएका शेयर सदस्यलाई वार्षिक एक हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिएको आदर्श सञ्चार सहकारीका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिए । सहकारीले सञ्चारमाध्यम सञ्चालनलाई मुख्य उद्देश्य मान्दै आएको छ । 

‘सहकारीका सात सिद्धान्तअनुरूप सहकारी चल्नुपर्दछ, हामीले सहकारीमा शेयर सदस्य भई ७० वर्ष नाघिसकेका सदस्यले मासिक दुई सयका दरले वर्षको रु दुई हजार चार सय र अपाङ्गता भएका शेयर सदस्यलाई वार्षिक रु एक हजारका दरले प्रोत्साहन भत्ता दिँदै आएका छौँ’, अध्यक्ष जिसीले भने, ‘सामाजिक उत्तरदायित्व निभाउँदै सहकारीले पेन्सन, अपाङ्गता भत्ता, स्वास्थ्य सेवा र अक्षय कोषसँगै विभिन्न विपद्मा परेकालाई सहयोग प्रदान गर्दै आएको छ ।’

पाँच वर्षअघिदेखि सुरु गरिएको ज्येष्ठ नागरिक पेन्सनबाट चालू आर्थिक वर्षमा २६ जना लाभान्वित भएका छन् भने तथा अपाङ्गता भत्ताबाट २० जना अपाङ्गता भएका शेयर सदस्य लाभान्वित भएका हुन् ।   

सहकारीले बागलुङबाट रोजगारीका लागि कोरिया पुग्नुभएका नेपालीले बागलुङ सम्पर्क समाज दक्षिण कोरियामार्फत स्थापना गरेको स्वास्थ्य सेवा अक्षय कोषबाटसमेत ४० जनालाई पाँच हजारका दरले स्वास्थ्योपचारका लागि रकम प्रदान गरिसकेको सहकारीका प्रबन्धक दीपकराज सापकोटाले जानकारी दिए। 

आदर्श सञ्चार सहकारीमा विगत १० वर्षदेखि सदस्य भई ७० वर्ष नाघेका शेयर सदस्यले मासिक दुई सयका दरले पेन्सन पाउने व्यवस्था गरिएको सापकोटाको भनाइ छ । पेन्सन वितरणका लागि सहकारीले पेन्सन कोषको व्यवस्था गरेको छ । कोषमा नयाँ बन्ने शेयर सदस्यले एकपटक रु एक सय र अन्य सबै सदस्यले एकपटक रु तीन हजार कोषमा योगदान गर्नुपर्ने हुन्छ । 

संस्थाले सूचना र सञ्चारका क्षेत्रमा विगत १६ वर्षदेखि धौलागिरि जागरण दैनिक, नौ वर्षदेखि अग्रसर साप्ताहिक र चार वर्षदेखि आदर्श सञ्चार अनलाइन सञ्चालन र १० वर्षदेखि धौलागिरि टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ ।

संस्थामा हाल तीन हजार तीन सय जना शेयर सदस्य रहेका र पाँच करोड ५५ लाख शेयर रकम, रु ३० करोड बचत, ३८ करोड कर्जा लगानीसहित ४५ करोड कूल सम्पत्ति रहेको प्रबन्धक सापकोटाले जानकारी दिए ।

आगामी असार मसान्तसम्म पाँच हजार जनाभन्दा बढी शेयर सदस्य, रु आठ करोड शेयर पुँजी, ४६ करोड बचत, ५१ करोड कर्जा लगानीसहित कूल सम्पत्ति रु ५६ करोड पुर्‍याउने लक्ष्य रहेको छ ।

संस्थाले विद्यालयमा सहकारी शिक्षा, दुर्व्यसनीविरुद्ध आमा अभियान, महिलाले महिनावारीमा प्रयोग गर्ने प्याड घरमै बनाउने तालिम, महिला सशक्तीकरण, युवा र विद्यार्थीका लागि वित्तीय साक्षरता, पर्यटन प्रवर्द्धनमा सञ्चार सहकारीको भूमिका, स्वास्थ्य शिक्षा र उपचारलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १ : ३३ बजे

‘राजनीतिक स्थिरता र आर्थिक समृद्धि ल्याउन कांग्रेस-एमाले मिलेका हुन्’

काठमाडौं- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम

चीनको युन्नान प्रान्तद्वारा ललितपुरलाई सामुदायिक बाथरुमसहितको परियोजना हस्तान्तरण

काठमाडौं– चीनको युन्नान प्रान्तले ललितपुर महानगरपालिकालाई जनकल्याणकारी परियोजना हस्तान्तरण गरेको

भारतीय सहयोगमा निर्मित गल्याङ नगर अस्पताल भवन उद्घाटन

काठमाडौं- ‘नेपाल-भारत विकास सहकार्य’बाट स्याङ्जाको गल्याङ नगरपालिकामा निर्मित गल्याङ नगर

माल्दिभ्स रोड रेसको उपाधि नेपालका सन्तोष र सन्तोषीले जिते

  माले- माल्दिभ्सको सबैभन्दा ठूलो दौड प्रतियोगिताको मुख्य उपाधि दुईजना

सहकारी ठगीमा प्रश्न उठेका कांग्रेस-एमाले नेता पनि तानिन्छन् : ईश्वर पोखरेल

काठमाडौं-  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार र आर्थिक