वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार « Khabarhub

वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार हुँदै गएको छ । जन्डिस बिग्रेर फेरि अस्वस्थ भएपछि पुनको अहिले चीनमा उपचार भइरहेको छ ।

पारिवारिक स्रोतले पुनको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको जनाएको छ । एक वर्षअघि पनि पुन चीनमा दुई महिना लामो उपचार गरेर फर्केका थिए । चुनाव सकिएलगत्तै उनमा फेरि स्वास्थ्यमा समस्या देखिएपछि उनी चीन गएका हुन् । 

यसअघि उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा उपचार गरिएको थियो। अहिले पनि उनको सोही अस्पतालमा उपचार भइरहेको छ । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ५ : २४ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक