‘हरेक फिल्ममा उस्तै सङ्घर्ष हुन्छ’ | Khabarhub Khabarhub

‘हरेक फिल्ममा उस्तै सङ्घर्ष हुन्छ’


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अभिनेता आर्यन सिग्देल सफलताको पर्खाइमा छन् । पछिल्लो फिल्ममार्फत सफलता पाउन नसकेका अभिनेता सिग्देल पुस १५ गतेदेखि प्रदर्शनमा आउने ‘डिसेम्बर फल्स’ बाट आशावादी छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा अभिनेता सिग्देलले सफलता र निरन्तरताको बारेमा प्रस्ट्याए । “म कतै हराएको छैन । फिल्ममा अभिनय गरिरहेको छु । मेरो लागि हरेक फिल्म नयाँ हुन्छ”, अभिनेता सिग्देलले भने, “हरेक फिल्ममा उही सङ्घर्ष र मेहनत हुन्छ । यद्यपि पछिल्लो समय आशावादी भएको फिल्म भने यही हो । दर्शकले खोजे झैँ यसमा हाँसो, रोदन, प्रेम र द्वन्द्वको मिश्रण छ ।”

अभिनेता सिग्देलले डेढदशक लामो फिल्मी यात्रामा ४० वटामा अभिनय गरेका छन् । ‘क्लिन हिट’ को खोजीमा रहेका अभिनेता सिग्देल यसपटक प्राविधिक पक्षमा सक्रिय छन् । “मैले सहयोगी भाव डेब्यु फिल्म ‘किस्मत’ देखि नै देखाउने गरेको छु । म फिल्म खेलेर आफ्नो काम मात्र पूरा गर्दिन । राम्रो बनाउन सकेको मेहनत गर्छु”, उनले भने । फिल्ममा आर्यनसँगै उपासना सिंह ठकुरी, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायत कलाकारको अभिनय रहेको छ ।

रामप्रसाद रिजाल निर्माता रहेको ‘डिसेम्बर फल्स’ रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । यसमा कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले छन् । निर्माणमा रिजाललाई राजकुमार भट्टले साथ दिएका छन् । यसमा विपीका खनालको कथा, केदार भुसाल र प्रतीक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रवीण सिंहको कोरियोग्राफी छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ८ : २३ बजे

अवहेलना प्रतिवेदनमा विशेषको आदेश – समाचार नहटाउनू, फौजदारी विविध दायरीमा दर्ता गर्नू

काठमाडौँ – अदालतको अवहेलना भएको भन्दै पेश गरिएको प्रतिवेदनमाथि प्रारम्भिक

रास्वपालाई फकाउँदै प्रचण्ड, भने- रविलाई अन्याय हुन नदिन अन्तिमसम्म प्रयास गर्दैछु

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

असारे विकास : केहीबेरको पानीले महानगरकै बाटो बन्यो खोलो (तस्बिरहरू)

काठमाडौं– कुनै ग्रामीण क्षेत्र होइन यो । काठमाडौं महानगरपालिकामा पर्ने

ओलम्पियन दीपक बिष्ट कृष्णपुरका सद्भावना दूत

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ओलम्पियन दीपक बिष्टलाई सद्भावना दूत घोषणा

भीमदत्त नगरपालिकाको बजेटमा ‘छोरी बुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम

 महेन्द्रनगर– कञ्चनपुरको जेठो नगरपालिका भीमदत्तले आगामी आर्थिक वर्ष २०८२-०८३ का