राष्ट्रसंघद्वारा गैरन्यायिक हत्याको अनुसन्धान गर्न तालिबानसमक्ष आह्वान « Khabarhub

राष्ट्रसंघद्वारा गैरन्यायिक हत्याको अनुसन्धान गर्न तालिबानसमक्ष आह्वान


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा शासन चलाइरहेको तालिबानसमक्ष अफगानिस्तानमा भएको भनिएको गैरन्यायिक हत्याको अनुसन्धान गर्न आह्वान गरेको छ ।

अफगानिस्तानका लागि राष्ट्रसंघीय नियोगले तालिबानसमक्ष यस्ता हत्याको ‘विश्वसनीय अनुसन्धान’ गर्न आग्रह गरेको हो ।

यसअघि सार्वजनिक विवरणमा अफगानिस्तानको दैकुन्दी प्रान्तमा सुरक्षा बल र विद्रोहीबीच भएको दोहोरो भिडन्तमा परी केही बालबालिका समेत ८ जना मारिएको बताइएको थियो ।

तालिबान प्रशासनको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकोरले सो क्षेत्रमा यसअघि विद्रोही लडाकु फेला पारिएको र तालिबानले विद्रोहीलाई हतियार बिसाउनका लागि हस्तक्षेप गर्न त्यहाँका नागरिक अगुवालाई आग्रह गरिएको बताए ।

यद्यपि नागरिक अगुवाले हतियार बिसाउन गरेको आग्रह नमानेपछि विद्रोहीविरुद्ध कारवाही गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ८ : ५५ बजे

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत

रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो

रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं – पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

रेसुङ्गामा श्रद्धालुको घुइँचो

गुल्मी – रेसुङ्गामा श्रद्धालुहरुको घुइँचो लागेको छ। रेसुङ्गा धार्मिक क्षेत्र