आयोगले चुनावी परिणाम आज प्रदेश प्रमुखलाई बुझाउने « Khabarhub

आयोगले चुनावी परिणाम आज प्रदेश प्रमुखलाई बुझाउने


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ।

दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई एकैसाथ आयोगका पदाधिकारीले प्रतिवेदन बुझाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १ को राजधानी,आयुक्तहरु सगुनशमशेर जबरा मधेश प्रदेशको राजधानी र सचिव गोकर्णमणि दुवाडी वागमती प्रदेशको राजधानी हेटौँडा पुगेका छन्।

गण्डकीको पोखरामा आयुक्त इश्वरीप्रसाद पौडेल, लुम्बिनीमा आयुक्त रामप्रसाद भण्डारी दाङ र कर्णालीको सुर्खेतमा सहसचिव यज्ञप्रसाद भट्टराईले प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउने छन्। सुदूरपश्चिम प्रदेश प्रमुखलाई आयुक्त जानकीकुमारी तुलाधरले प्रतिवेदन बुझाउने प्रवक्ता पौडेलले बताए।

प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० जना निर्वाचित भएका छन्। आयोगले प्रतिवेदन बुझाएपछि प्रदेश सरकार गठनको बाटो खुल्नेछ। आयोगको प्रतिवेदन बुझिसकेपछि प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

आयोगले प्रतिनिधिसभातर्फको अन्तिम निर्वाचन प्रतिवेदन गत बिहीबार राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलगायतका निकायलाई बुझाइसकेको छ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ९ : १८ बजे

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन

हतियार र कलमको संयोजनमा खप्पीस स्रष्टा

काठमाडौं – टेकबहादुर तामाङ पूर्वएआईजी हुन् । ०५२ सालमा इन्सपेक्टर

कम्बोडिया–थाइल्यान्ड सीमा विवादमा सहमति जुट्यो

एजेन्सी – कम्बोडिया–थाइल्यान्ड क्षेत्रीय सीमा समिति (आरबीसी) सचिवालयको तीन दिने

सिजीको ‘वर्ल्डकप योजना’ मा तेस्रो चरणका विजेता सार्वजनिक

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’ योजना अन्तर्गत

बालेनको देश दौडाहा : रास्वपाले राख्यो रविको पनि फोटो

काठमाडौं– पूर्वी नेपालको यात्रा सकेर यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ