पोखरामा १० औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल बुधबारदेखि « Khabarhub

पोखरामा १० औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल बुधबारदेखि


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल लिटरेचर फेस्टिभल पोखरामा सुरु हुने भएको छ । आगामी बुधबारबाट पोखरामा नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण सुरु हुन लागेको हो । पोखराको बराहीघाटस्थित खुला मैदानमा सञ्चालन हुने फेस्टिभल पुस ११ गतेसम्म चल्नेछ ।

फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री एवम् काठमाडौँ विश्विद्यालयका रजिस्ट्रार डा. अच्युत वाग्लेले प्रवचन दिने कार्यक्रम छ ।

फेस्टिभलमा नेपाल र विदेशका गरी करिब २ सय साहित्यकार, लेखक, कलाकार एवम् सम्पादकहरुको सहभागिता रहने बताइएको छ ।

यसबाहेक दैनिक हजारौँले फेस्टिभलमा सहभागिता जनाउने आयोजक बुकवर्म फाउन्डेसनको विश्वास छ ।

यस संस्करणको फेस्टिभलमा हालै बेलायतको प्रतिष्ठित बुकर पुरस्कार जितेका श्रीलंकाली लेखक सेहन करुणतिलकाको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।

यसबाहेक फेस्टिभलमा राजनीतिक दलका नेताहरु, नवनिर्वाचित जनप्रतिनिधिहरुले पनि सहभागिता जनाउनेछन् । कोरोना महामारीका कारण गत वर्ष फेस्टिभल हुन पाएको थिएन ।

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ५ : ५९ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले