भारतीय नागरिकको हत्या गरेको आरोपमा ७ जना पक्राउ « Khabarhub

भारतीय नागरिकको हत्या गरेको आरोपमा ७ जना पक्राउ


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बुटवल– बुटवलमा एक जना पुरूषको हत्या गरेको आरोपमा सात जना पक्राउ परेका छन् । चोरेको बदाम र चकलेट फिर्ता माग्दा एक भारतीय नागरिकको हत्या गरिएको हो ।

बुटवल उपमहानगरपालिका-९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको धारिलो हतियार प्रहार गरी हत्या भएकोमा शुक्रबार साँझ प्रहरीले हत्या आरोपमा सात जनालाई पक्राउ गरेको छ 

उनको हत्या गरेको आरोपमा प्रहरीले बुटवल-८ राजमार्ग चौराहामा मागेर हिँड्ने २९ वर्षीय कृष्ण सिँजाली मगर लगायत सात जनालाई पक्राउ गरेको हो । 

आफ्नो ठेलामा रहेको बदाम र चकलेट उनीहरूले चोरी गरी लगेको भन्दै सामान फिर्ता माग्न जाँदा अजयलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए । 

उक्त खबर पाएपछि वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पठाएको थियो । त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ६ : ०८ बजे

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार