प्रधानमन्त्री देउवाद्वारा राजस्व भुक्तानी प्रणालीको शुभारम्भ | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवाद्वारा राजस्व भुक्तानी प्रणालीको शुभारम्भ


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगरमा ‘स्मार्ट राजस्व भुक्तानी प्रणाली’को शुभारम्भ गरेका छन् । महानगरको १०४औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले महानगरको ‘स्मार्ट सेवा’ अन्तर्गत ‘फोनपे’मार्फत राजस्व भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले ऐतिहासिक, धार्मिक र सांस्कृतिक गरिमालाई चीरकालपर्यन्त जीवन्त राख्न जनप्रतिनिधिसहित सम्पूर्ण कर्मचारीको सामूहिक प्रतिबद्धता रहने विश्वास व्यक्त गरे।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौँको ललितपुरसँग मित्रतापूर्ण सम्बन्ध रहेको र त्यसलाई अझै सुमधुर बनाउने गरी आपसी सहकार्यका साथ काम गर्न चाहेको बताए। ललितपुर महानगरका नगरप्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा आफूहरूले विशेष प्राथमिकता दिएको बताए ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ८ : ४५ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते