प्रधानमन्त्री देउवाद्वारा राजस्व भुक्तानी प्रणालीको शुभारम्भ « Khabarhub

प्रधानमन्त्री देउवाद्वारा राजस्व भुक्तानी प्रणालीको शुभारम्भ


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगरमा ‘स्मार्ट राजस्व भुक्तानी प्रणाली’को शुभारम्भ गरेका छन् । महानगरको १०४औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले महानगरको ‘स्मार्ट सेवा’ अन्तर्गत ‘फोनपे’मार्फत राजस्व भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले ऐतिहासिक, धार्मिक र सांस्कृतिक गरिमालाई चीरकालपर्यन्त जीवन्त राख्न जनप्रतिनिधिसहित सम्पूर्ण कर्मचारीको सामूहिक प्रतिबद्धता रहने विश्वास व्यक्त गरे।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौँको ललितपुरसँग मित्रतापूर्ण सम्बन्ध रहेको र त्यसलाई अझै सुमधुर बनाउने गरी आपसी सहकार्यका साथ काम गर्न चाहेको बताए। ललितपुर महानगरका नगरप्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा आफूहरूले विशेष प्राथमिकता दिएको बताए ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ८ : ४५ बजे

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।