चीनसँग द्वन्द्व चाहन्नौँ : अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का सञ्चार संयोजक किर्बी | Khabarhub Khabarhub

चीनसँग द्वन्द्व चाहन्नौँ : अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का सञ्चार संयोजक किर्बी


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) का रणनीतिक सञ्चार संयोजक जोन किर्बीले चीनसँगको सुरक्षा चुनौती स्वीकार्दै वासिङ्टनले बेइजिङसँग द्वन्द्व नचाहेको बताएका छन् ।

किर्बीले अमेरिकी प्रसारक भ्वाइस अफ अमेरिका (भीओए) लाई दिएको अन्तर्वार्तामा भने, “चीनले पनि विश्वको सुरक्षा वातावरणमा परिवर्तन ल्याउँदै आएको छ । आजभोलि, हामीले चीनलाई रणनीतिक प्रतिस्पर्धीको रूपमा हेर्छौं भन्ने चर्चा सुनिन्छ तर हामी चीनसँग द्वन्द्व होस्र भन्ने चाहँदैनौं ।”

वासिङ्टन र बेइजिङबीचको प्रतिस्पर्धालाई व्यवस्थित गर्न अमेरिकी विदेश मन्त्रालयले नयाँ अफिस अफ चाइना कोअर्डिनेसन स्थापनापछि ह्वाइट हाउसका अधिकारीले चीनबारे यस्तो टिप्पणी गरेका हुन् ।

शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले अनौपचारिक रूपमा चाइना हाउसको नामले चिनिने अफिस अफ चाइना कोअर्डिनेसन नामक नयाँ कार्यालयको उद्घाटनको अध्यक्षता गरेका थिए ।

चाइना हाउसले अमेरिकी सरकारले जनगणतन्त्र चीनसँग हाम्रो प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न र खुला, समावेशी अन्तर्राष्ट्रिय प्रणालीको लागि हाम्रो दृष्टिकोणलाई अगाडि बढाउन सक्षम रहेको सुनिश्चित गर्ने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “चाइना हाउसले सुरक्षा, आर्थिक, प्राविधिक, कूटनीतिक र रणनीतिक मुद्दाहरूमा काम गर्न विदेश विभागभरिका चिनियाँ विशेषज्ञहरूको एक समूहलाई एकसाथ भेला गर्नेछ ।’’

सुधारिएको समन्वयले विदेश मन्त्रालयको नीतिलाई अझ सुसङ्गत बनाउने र अमेरिकालाई सहयोगी र साझेदारहरूसँग अझ गहिरो रूपमा संलग्न हुन अझ राम्रो स्थितिमा पु¥याउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रमुख उपप्रवक्ता वेदान्त पटेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बाइडेन प्रशासनले जनगणतन्त्र चीनसँग रणनीतिक प्रतिस्पर्धाको अवस्था र दायरालाई अमेरिकाले मान्यता दिएकाले चाइना हाउस सुरु गरेको बताएका थिए ।

“चाइना हाउस विदेशमन्त्री ब्लिन्केनको आधुनिकीकरणको एजेन्डाको प्रमुख हिस्सा हा र यसले हाम्रा कूटनीतिज्ञहरूलाई २१ औं शताब्दीका चुनौतीहरूको सामना गर्न मद्दत गर्नेछ,” उनले भने ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  १ : ४० बजे

मधेशमा खाद्य बालीको भू-भाग घट्यो, उखुदेखि दालको उत्पादन घट्यो

काठमाडौं– पछिल्लो समयमा मधेश प्रदेशभित्र खाद्य तथा अन्य बालीले ओगट्ने

क्लब विश्वकप : युभेन्ट्सको फराकिलो जित

काठमाडौं – फिफा क्लब विश्वकप फुटबलमा युभेन्ट्सले विपक्षीको पोस्टमा ५

प्रभावकारी बन्दै कृषक पाठशाला : विषादी औषधि होइन भन्ने बुझ्दै किसान

बेनी– बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापामगर करेसाबारीमा कुटो, कोदालो र

गाजामा राहत लिनेमाथि आक्रमण: १२ जनाको मृत्यु

गाजा – इरान र इजरायल युद्ध भइरहेको समयमा फेरि गाजामा

स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यस