हलगोरु पाल्ने किसानलाई दश हजार रुपैयाँ अनुदान « Khabarhub

हलगोरु पाल्ने किसानलाई दश हजार रुपैयाँ अनुदान


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप दश हजार रुपैयाँ अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।

“गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले भने । गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टरलगायत सामग्रीसमेत प्रदान गर्दै आएको छ ।

औजार खरिद गर्न नसक्ने किसानलाई हलगोरु पाल्न अनुदान दिन लागेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम अघि बढाएको हो ।

गाउँपालिकाले असहाय रोगीलाई रु दश हजार प्रदान गर्दै आएकामा चालु आवदेखि रु पन्ध्र हजार आर्थिक सहायता प्रदान गर्दैआएको श्रेष्ठले जानकारी दिए । चालु आवको प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ताअन्तर्गत तीन हजार चार सय एघार लाभग्राहीलाई रु २९ लाख ८६ हजार रकम वितरण गरिएको छ ।

आकस्मिक बाली संरक्षण सेवा कार्यक्रमअन्तर्गत ५५ किसानलाई करिब एक सय बीस रोपनी क्षेत्रफलको धानमा लागेको कीरा नियन्त्रणका लागि विषादी वितरण गरिएको छ । किसानलाई उत्पादनसँग जोड्न १६ हजार छ सय ५० किलो आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  १ : ५३ बजे

अध्यागमन विभागले कार्यान्वयनमा ल्यायो विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली

काठमाडौं– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको

नागरिक बचाउ अभियानसँगको वार्ता सकारात्मक : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार र नागरिक

ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएन : स्मिथ

एजेन्सी– सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको दङ्गा

समानुपातिक बन्दसूचीलाई लिएर ललितपुरको तीनै क्षेत्रका कांग्रेसीजन असन्तुष्ट

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीप्रति ललितपुर

जब सौगातलाई पूर्वप्रेमिकाले दाइ भनिन्…

काठमाडौं – लामो समय ‘ओपन रिलेसन’मा बसेका नायक सौगात मल्ल