सुन्तला खेती गर्ने किसानलाई विषादि र उपकरण वितरण | Khabarhub Khabarhub

सुन्तला खेती गर्ने किसानलाई विषादि र उपकरण वितरण


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खोटाङ – सुन्तलामा देखापरेको रोग नियन्त्रणका लागि कृषि ज्ञान केन्द्र खोटाङले रावाबेँसी गाउँपालिकाका किसानलाई विषादी तथा उपकरण वितरण गरेको छ । सुन्तलामा देखापरेको औंसा, सिट्रस ग्रिनिङ, जरा कुहिने, झ्याउ पलाउनेलगायतका रोग नियन्त्रणका लागि कृषि ज्ञान केन्द्रले रावाबेँसी गाउँपालिका–१ कुभिन्डेका किसानलाई विषादी तथा उपकरण प्रदान गरेको हो ।

विभिन्न प्रकारका रोगका कारण हरेक वर्ष सुन्तला उत्पादनमा ह्रास आइरहेका बेला ज्ञान केन्द्रले कुभिन्डेका २३ किसानलाई डोरसालिस, कुकुरबुटी र टाउ प्रजातीको औंसा मार्ने मोहनी पासो, सिट्रस ग्रिनिङको कारक मानिने सिट्रसशिल्ला किरा फैलिन नदिन किटनाशक विषादि, झ्याउ तथा जरा कुहिनबाट जोगाउने कोनिका नामक विषादी वितरण गरेको हो । यस्तै, सुन्तलाको बोट वरपर गोडमेल गरेर माटोको उपचारका लागि मालाथिन वितरण गरिएको कृषि ज्ञान केन्द्रका वाली संरक्षण अधिकृत रामनन्द यादवले बताए ।

किसानलाई सुन्तलाको बोट काँटछाँटका लागि सिकेचर पनि वितरण गरिएको छ । कतिपय किसानको बगानमा रोग लागेर झरेका सुन्तलालाई एक ठाउँमा जम्मा गरेर नष्ट गरिएको छ । किसानलाई कुभिन्डेका वडाध्यक्ष गेहेन्द्रमान राई, वाली संरक्षण अधिकृत यादव लगायतले विषादि तथा उपकरण हस्तान्तरण गरेका हुन् । चालु आर्थिक वर्ष रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका सुन्तला कृषकलाई किटनाशक पनि विषादिका साथमा उपकरण प्रदान गर्ने तयारी गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । वर्ष दिनअघि पिसिआर परीक्षण गर्दा लामीडाँडाका सुन्तलामा सिट्रस ग्रिनिङको संक्रमण पूष्टि भएको थियो ।

कुनैबेला हवाइजहाजबाट सुन्तला निर्यात हुने लामीडाँडामा हाल सुन्तला चाख्नैपाइन छाडेको छ । उसो त रोगको प्रकोपका कारण समग्र जिल्लामै हरेक वर्ष सुन्तला उत्पादन दर घटिरहेको छ । विशेषगरी औंसाको प्रकोपका कारण जिल्लामा सुन्तला उत्पादनमा र्‍हास आएको वाली संरक्षण अधिकृत यादवले बताए । औंसा किरा नियन्त्रणकै लागि ज्ञान केन्द्रले गत वर्ष दिप्रुङ चुईचुम्मा गाउँपालिकाको छोरम्बुमा किटनाशक विषादि तथा उपकरण वितरण गरेको थियो । गत वर्ष औंसा किरा नियन्त्रणका उपाय सम्बन्धी ब्रुसर तयार पारेर किसानलाई बाँडिएको थियो ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ८ : २० बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) पनि

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन  गर्ने

ताप्लेजुङको ढङ्ढङ्गे झरना ओझेलमा

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढङ्गे झरना अझै

काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काभ्रे– काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । काभ्रेका

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा

ताप्लेजुङ–  ताप्लेजुङका ६  स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको