सुन्तला खेती गर्ने किसानलाई विषादि र उपकरण वितरण « Khabarhub

सुन्तला खेती गर्ने किसानलाई विषादि र उपकरण वितरण


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खोटाङ – सुन्तलामा देखापरेको रोग नियन्त्रणका लागि कृषि ज्ञान केन्द्र खोटाङले रावाबेँसी गाउँपालिकाका किसानलाई विषादी तथा उपकरण वितरण गरेको छ । सुन्तलामा देखापरेको औंसा, सिट्रस ग्रिनिङ, जरा कुहिने, झ्याउ पलाउनेलगायतका रोग नियन्त्रणका लागि कृषि ज्ञान केन्द्रले रावाबेँसी गाउँपालिका–१ कुभिन्डेका किसानलाई विषादी तथा उपकरण प्रदान गरेको हो ।

विभिन्न प्रकारका रोगका कारण हरेक वर्ष सुन्तला उत्पादनमा ह्रास आइरहेका बेला ज्ञान केन्द्रले कुभिन्डेका २३ किसानलाई डोरसालिस, कुकुरबुटी र टाउ प्रजातीको औंसा मार्ने मोहनी पासो, सिट्रस ग्रिनिङको कारक मानिने सिट्रसशिल्ला किरा फैलिन नदिन किटनाशक विषादि, झ्याउ तथा जरा कुहिनबाट जोगाउने कोनिका नामक विषादी वितरण गरेको हो । यस्तै, सुन्तलाको बोट वरपर गोडमेल गरेर माटोको उपचारका लागि मालाथिन वितरण गरिएको कृषि ज्ञान केन्द्रका वाली संरक्षण अधिकृत रामनन्द यादवले बताए ।

किसानलाई सुन्तलाको बोट काँटछाँटका लागि सिकेचर पनि वितरण गरिएको छ । कतिपय किसानको बगानमा रोग लागेर झरेका सुन्तलालाई एक ठाउँमा जम्मा गरेर नष्ट गरिएको छ । किसानलाई कुभिन्डेका वडाध्यक्ष गेहेन्द्रमान राई, वाली संरक्षण अधिकृत यादव लगायतले विषादि तथा उपकरण हस्तान्तरण गरेका हुन् । चालु आर्थिक वर्ष रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका सुन्तला कृषकलाई किटनाशक पनि विषादिका साथमा उपकरण प्रदान गर्ने तयारी गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । वर्ष दिनअघि पिसिआर परीक्षण गर्दा लामीडाँडाका सुन्तलामा सिट्रस ग्रिनिङको संक्रमण पूष्टि भएको थियो ।

कुनैबेला हवाइजहाजबाट सुन्तला निर्यात हुने लामीडाँडामा हाल सुन्तला चाख्नैपाइन छाडेको छ । उसो त रोगको प्रकोपका कारण समग्र जिल्लामै हरेक वर्ष सुन्तला उत्पादन दर घटिरहेको छ । विशेषगरी औंसाको प्रकोपका कारण जिल्लामा सुन्तला उत्पादनमा र्‍हास आएको वाली संरक्षण अधिकृत यादवले बताए । औंसा किरा नियन्त्रणकै लागि ज्ञान केन्द्रले गत वर्ष दिप्रुङ चुईचुम्मा गाउँपालिकाको छोरम्बुमा किटनाशक विषादि तथा उपकरण वितरण गरेको थियो । गत वर्ष औंसा किरा नियन्त्रणका उपाय सम्बन्धी ब्रुसर तयार पारेर किसानलाई बाँडिएको थियो ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ८ : २० बजे

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि