विश्वकप फाइनल : दुवै टोलीकाे सुरुवाती–११ सार्वजनिक « Khabarhub

विश्वकप फाइनल : दुवै टोलीकाे सुरुवाती–११ सार्वजनिक


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

दोहा – २२ औं संस्करणको कतार फिफा विश्वकपको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ।मोरोक्कोलाई पराजित गर्दै फ्रान्स र क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फाइनलमा भेट पक्का गरेका हुन्। अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फाइनललाई रोचक खेलको रुपमा हेरिएको छ।

अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फुटबल फाइनल आइतबार राति ८: ४५ बजे लुसिल स्टेडियममा हुनेछ। फाइनलका लागि अर्जेन्टिना र फ्रान्सको सुरुवाती ११ सार्वजनिक भएको छ। एन्जल डी मारियाले अर्जेन्टिनी टिममा पुनरागमन गरेका छन् भने डिफेन्डर लिसान्ड्रो मार्टिनेजमा बेन्चमा छन्।

अर्जेन्टिनाको गोलपोस्ट नियमित किपर इमिलियानो मार्टिनेजले निरन्तरता पाउँदा रक्षापंक्तिमा निकोलस टाग्लियाफिको, निकोलस ओटामेन्डी, क्रिस्टियन रोमेरो र नह्युल मोलिना छन्। मिडफिल्डमा रोडरिगो डी पौल, अलेक्सिस म्याक(अलिस्टर छन्। आक्रमणको जिम्मा कप्तान लियोनेल मेसी, जुलियन अल्भारेज र एन्जल डी मारियालाई पाएका छन् ।

यस्तै, फ्रान्सको गोलकिपर नियमित कप्तान हुगो लोरिसले सम्हालेका छन्। रक्षापंक्तिमा थिओ हर्नान्डेज, डायोट उपामेकानो, भरान र जुलेस कोन्डे छन्।

भरान र उपामेकानो बिरामी परेकाले आजको खेलमा शंका थियो। तर, प्रशिक्षक डिडियर देस्च्याम्पले उनीहरूलाई नै मौका दिएका छन्।

मिडफिल्डनमा एड्रियन राबियोले पनि पुनरागमन गरेका छन्। उनले पनि सेमिफाइनलमा मोरक्कोविरुद्धको खेल गुमाएका थिए। राबियोसँगै औरेलिन चोआमेनी र एन्टोइन ग्रिजम्यानलेले फ्रेन्च मिडफिल्ड सम्हाल्ने छन्।

देस्च्याम्पले आक्रमणको जिम्मा ओसुमाने डेम्बेले, ओलिभर जिरुड र किलियान एम्बाप्पेलाई दिएका छन्।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ८ : ३५ बजे

२१ औँ ओभरमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

झापा– मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न

सूर्यविनायक–धुलिखेल सडक निर्माण सुस्त (तस्बिरहरू)

भक्तपुर– भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा विस्तार भइरहेको सडक

हान्टाभाइरस प्रभावित सबै यात्रुको उद्धार, एक अमेरिकीमा संक्रमण पुष्टि

वासिङ्टन – प्राणघातक ‘हान्टाभाइरस’ को चपेटामा परेको क्रुज पानीजहाज ‘एमभी

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग