आयोगद्वारा आयोजित जलपान समारोहमा राष्ट्रपति भण्डारी सरिक « Khabarhub

आयोगद्वारा आयोजित जलपान समारोहमा राष्ट्रपति भण्डारी सरिक


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहमा सरिक भएकी छिन् । कान्तिपथस्थित आयोग परिसरमा आज आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको सहभागीता रहेको छ ।

पूर्व प्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, विभिन्न राजनीतिक दलका प्रमुख, पूर्व उपराष्ट्रपति, मन्त्री, नवनिर्वाचित सांसद, संवैधानिक निकायका प्रमुख, विभिन्न विश्वविद्यालयका उपकुलपति र  विभिन्न प्रतिष्ठानका कुलपति, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उद्योगी, व्यापारी, कलाकार, पत्रकार तथा समाजका विभिन्न क्षेत्र तथा तह र तप्काका लब्धप्रतिष्ठित महानुभाव पनि समारोहमा उपस्थित थिए ।

समारोहस्थलमा अतिथिहरूलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र अन्य आयुक्तले स्वागत तथा अभिवादन गरेका थिए । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनको मूल नारासहित आयोगले ती दुवै तहको निर्वाचन सम्पन्न गरी गत मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाएको थियो । 

उक्त  निर्वाचनबाट करिब ३३ प्रतिशत महिलासहित प्रतिनिधिसभातर्फ दुई सय ७५ तथा प्रदेशसभा सदस्यतर्फ पाँच सय ५० नयाँ जनप्रतिनिधिको चयन भएको छ । 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  २ : २५ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को