चाया पर्ने समस्याबाट कसरी छुटकारा पाउने ? « Khabarhub

चाया पर्ने समस्याबाट कसरी छुटकारा पाउने ?


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : चायाले नसताइएका मानिस बिरलै होलान् । चाया प्रायः टाउकोको छालामा देखिने वाक्क, दिक्क लाग्दो र सजिलै छुटकारा नपाइने चर्म रोग हो । चाया महिलाभन्दा पुरुषलाई बढी हुने गर्छ ।

चाया पर्नुको खास कारणबारे अझै यकिन भने हुन सकेको छैन । तर, चाया हटाउन मान्छेले अनेक उपाय लगाउँछ । जसले जे सल्लाह दियो त्यही मानेर थरिथरिका स्याम्पु र घरेलु उपचार गरिरहेकै हुन्छ ।

तर, चाया पनि एक किसिमको रोग भएकाले चिकित्सकको सल्लाह लिएर उपचार गर्नु फाइदाजनक हुन सक्छ । हाम्रो टाउकोमा छाला मर्ने र नयाँ पैदा हुने क्रम निरन्तर चलिरहन्छ ।

यसरी टाउकोमा छाला मर्ने र नयाँ पैदा हुने क्रम चलिरहँदा टाउकोमा सेता, मसिना, फुस्रा दागहरू, धुलो देखिन थाल्छन् । यसैलाई हामी चाया भन्छौँ । गर्मी मौसमको तुलनामा जाडोमा चायाको समस्या बढी हुन्छ ।

चाया पर्ने कारण
कपालमा तेल धेरै हुँदा पनि चाया पर्छ । फंगसको कारण, हर्मोनमा हुने परिवर्तन, वंशाणुगत कारण, लामो समयसम्म ननुहाउनुले पनि चाया पर्छ ।

यस्तै घाममा धेरै बस्दा, टाउकोमा धेरै पसिना आउने भएमा, टाउकोलाई गुम्स्याएर राख्दा, चाया परेको व्यक्तिको कपाल कोर्ने ब्रस तथा काईंयो प्रयोग गर्दा पनि चाया पर्छ । अरुले प्रयोग गरेको टावेल प्रयोग गर्दा पनि चाया पर्छ ।

कपालमा विभिन्न रसायन तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा पनि चाया पर्छ । चिसो मौसम, लामो समयदेखिको तनाव, थकान र चिन्ताले पनि चाया पर्ने हुन्छ ।

कस्तो अवस्थामा डाक्टरलाई देखाउने ?
चायाका कारण टाउकोमा घाउ बन्ने समस्या हुन्छ । यस्तै धेरै चिलाउँदा पनि समस्या हुन्छ । टाउकोमा केही भागको छाला खुइलिन थाल्दा पनि तुरुन्तै डाक्टरलाई देखाउनु पर्छ ।
कपाल निरन्तर धेरै मात्रामा झर्न थाल्यो भने छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ । यसरी जाँच गराउँदा त्यसको अवस्था, गहिरो प्रभाव तथा कुन किसीमको उपचार गर्ने भनेर सहज हुन्छ । अन्यथा धेरै सकस हुन्छ ।

बच्ने उपाय के के हुन् ?
– टाउको कम्तिमा हप्तामा तीन पटक नुहाउने ।

– नुहाउनुभन्दा पहिला तेल लगाउने ।

– धेरै घाममा खाली टाउको नबस्ने ।

– सुख्खा हुन नदिन नुहाएपछि नरिवलको तेल वा सेरम लगाउने ।

– धेरै चाया परेको छ भने दिनदिनै नुहाउने ।

– राम्रो खालको स्याम्पुको प्रयोग गर्ने, धेरै स्याम्पु परिवर्तन नगर्ने ।

– सेल्सन, किटेकोनाजोल स्याम्पुको प्रयोग गर्ने ।

(शिक्षण अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डा. रीता श्रेष्ठसँग विना न्यौपाने गरेकाे कुराकानीमा आधारित)

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १० : ५४ बजे

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा