मलेसिया पुगेर नेपाल भ्रमणको प्याकेज बनाउन बोर्डको आग्रह « Khabarhub

मलेसिया पुगेर नेपाल भ्रमणको प्याकेज बनाउन बोर्डको आग्रह

मलेशियाको क्वालालाम्पुर र पेनाङमा ‘नेपाल सेल्स मिसन’ कार्यक्रम सम्पन्न


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाल पर्यटन बोर्डले मलेसियाका पर्यटन व्यवसायीलाई नेपाल भ्रमण प्याकेज बनाउन आग्रह गरेको छ । पर्यटन बोर्डका सीइओ डा.धनन्जय रेग्मीले नाट्टासँगको सहकार्यमा मलेसियाको क्वालालाम्पुर र पेनाङमा ‘नेपाल सेल्स मिसन २०२२’ कार्यक्रम सम्पन्न गर्दै मलेसियाका पर्यटन व्यवसायीलाई नेपाल विशेष प्याकेज बनाउन आग्रह गरेका हुन् ।

कार्यक्रममा बोर्डका सीइओ डा.रेग्मीसहितको टोलीले मलेसियाका पर्यटन व्यवसायीहरुसंग अन्तरक्रिया गर्दै नेपाली पर्यटन व्यवसायी देखि सरकारी अधिकारीसम्मले नेपाल घुम्नका लागि त्यहाँका पर्यटन व्यवसायी र पर्यटकलाई आह्वानसमेत गरेका थिए ।

बोर्डका सीइओ डा.रेग्मीको नेतृत्वमा मलेसियामा गएको नेपाली पर्यटन टोलीले मलेसियाको पर्यटकीय सहर पेनाङमा सोमबार औपचारिक कार्यक्रम नै गरेर नेपाल भ्रमणको प्याकेज बनाउनेतर्फ ध्यानाकर्षण गराएको थियो । विश्वमै एक उत्कृष्ट गन्तव्यका रुपमा नेपाल रहेको भन्दै टोलीले नेपाल भ्रमण पहिलो प्राथमिकतामा राख्न मलेसियाका पर्यटन व्यवसायीलाई आग्रहसमेत गरेको थियो ।

कार्यक्रमको बि–टु–बी सत्रमा नेपालका विभिन्न ट्राभल एजेन्टस् कम्पनीका संचालकहरुले मलेसियाका समकक्षी तथा व्यवसायीहरुसंग नेपालका आकर्षक गन्तब्य र पर्यटनका प्याकेजबारे छलफल तथा सम्झौता गरेका थिए । टोलीमा काठमाडौँ, पोखरा, नेपालगञ्जका पर्यटन व्यवसायीसमेत रहेका नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

काठमाडौँ र काठमाडौ उपत्यकाबाहिरका पर्यटन व्यवसायीसमेत बोर्डसँग मिलेर पहिलोपटक विदेशमा गएर कार्यक्रम गर्न सफल भएका हुन् । यसका लागि नाट्टाले विशेष संयोजनको काम गरेको हो । कार्यक्रममा बोर्डका सीइओ रेग्मीले कोभिडपछि अवस्था सामान्य बनेको र नेपालका पर्यटन व्यवसायी मलेसिया आएर आग्रह गरेकाले अब नेपाल भ्रमणको प्याकेज बनाउन दोहोर्याएका थिए ।

कार्यक्रममा बोर्डका सीइओ डा.रेग्मी नाट्टाका महासचिव कुमार थपलिया, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल लगायतको सहभागिता रहेको थियो । यस्तै नेपाली पर्यटन व्यवसायीतर्फ कोइली टुर्सबाट पुष्करराज पाठक, ड्रागन होलिडेजबाट जोशना आचार्य, जुगल होलिडेजबाट बिदुर खतिवडा, कान्तिपुर होलिडेजबाट दामोदर ढकाल, एनएमबी ट्राभलबाट सुदर्शन नेपाल, शशिज होलिडेज इन्टरनेश्नलबाट युविका भण्डारी र स्पोर्टस् टुर्स एण्ड ट्राभलबाट राजेन्द्र जिसी (मिलन)को सहभागिता रहेको थियो ।

नेपाल पर्यटन बोर्डले पहिलोपटक काठमाडौँ उपत्यका र उपत्यका बाहिरका पर्यटन व्यवसायीलाई लिएर मलेसियामा कार्यक्रम गर्दै त्यहाँका नागरिक तथा व्यवसायीलाई नेपाल घुम्न निम्तोसमेत दिएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ९ : ०० बजे

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा

पहिलो पाँच महिनामा बागमतीको पुँजीगत खर्च ४.४७ प्रतिशत

बागमती– बागमती प्रदेशले चालु आर्थिक वर्ष (आव)को प्रथम पाँच महिनामा

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि