अमेरिकामा सैनिक परेड, विपक्षीको विरोध « Khabarhub

अमेरिकामा सैनिक परेड, विपक्षीको विरोध


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


वाशिंटन डीसी – स्वतन्त्रता दिवसको अवसरमा अमेरिकाको राजधानी वाशिंटन डीसीमा सैनिक परेडको आयोजना गरिएको छ । बिहीबार राजधानी डीसीको लिंकन स्मारकमा ‘सल्यूट टू अमेरिका’ नाम दिइएको परेड आयोजना गरिएको हो ।

परेडमा लडाकु विमान, सैनिक र दुई अब्राहम ट्यांकले कौशल देखाएका थिए । त्यस्तै, परेडमा आतिसबाजी र साङ्गीतिक प्रस्तुति पनि राखिएको थियो ।

नीलो, रातो र सेतो रंगमा सजिएका हजारौं सहभागी परेडलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाका बहादुर महिला र पुरुषलाई सम्मान प्रकट गरेको जनाएका थिए । उनले अमेरिकाको स्वतन्त्रता र अपूर्व विशेषताको समेत चर्चा गरे ।

विपक्षीले भने उक्त परेडबाट राष्ट्रपतिले राजनीतिक फाइदा उठाउन खोजेको आरोप लगाएका छन् । डेमोक्र्याटिक पार्टीका नेताहरु सहित उनको आफ्ने रिपब्लिकन पार्टीका केही नेताहरुले समेत ट्रम्पको सैनिक परेडको आलोचना गरेका हुन् । उनीहरुले ट्रम्पले राष्ट्रिय दिवसलाई आफ्नो फाइदाको लागि उपयोग गरेको आरोप लगाएका हुन् ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  २ : २५ बजे

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

चितवन– चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।

कूटनीतिमा युवा अनुसन्धानकर्ताको भूमिका महत्त्वपूर्ण छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले ‘परराष्ट्र मन्त्रालय समर फेलोसिप

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदोबालीतर्फ किसानलाई आकर्षित गर्न नगद अनुदान

सिन्धुपाल्चोकमा टिपर दुर्घटना: हाम फालेका लामाको च्यापिएर मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडक खण्डमा बुधबार

खुट्टामा फुटबल, शरीरभरि आगोको दाग: आखिर को हुन् ती बालक ?

के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? १४ महिनाको उमेरमा मृत्युको