निकुञ्जद्वारा हिंस्रक वन्यजन्तु पहिचान गर्न क्यामेरा ट्यापिङ | Khabarhub Khabarhub

निकुञ्जद्वारा हिंस्रक वन्यजन्तु पहिचान गर्न क्यामेरा ट्यापिङ


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जले हिंस्रक वन्यजन्तु पहिचान गर्न मेघौली क्षेत्रमा क्यामेरा ट्यापिङको काम सुरु गरेको छ । निकुञ्जले पुस ३ गतेदेखि यो काम सुरु गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही पुस २ गते भरतपुर महानगरपालिका वडा नं २८ अन्द्रौलीकी महिलालाई जङ्गली हात्तीले आक्रमण गरेपछि त्यस क्षेत्रमा क्यामेरा राखिएको हो ।

 बाघ गणनामा प्रयोग गरिएको क्यामेरा ट्यापिङको काममा राखिएको हो । मेघौलीदेखि गोलाघाट क्षेत्रसम्म क्यामेरा ट्यापिङको काम भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार अहिले चार वटा क्यामेरा प्रयोग गरिएको छ । मेघौली उपभोक्ता समितिको क्षेत्रभित्र पर्ने सो स्थानमा ध्रुवे हात्ती र एउटा बाघ रहेको सूचनाका आधारमा क्यामेरा ट्यापिङ्को काम सुरु गरिएको हो । बाघ घाइते अवस्थामा रहेको भन्ने सूचना र हात्तीसमेत सोही क्षेत्रमा रहेकाले तीनको अवस्था पहिचान गरी व्यवस्थापनका लागि काम भइरहेको उनले बताए । क्यामेराले ती वन्यजन्तु आवतजावत गरेको तस्बिर खिचेसँगै त्यसलाई हेरेर व्यवस्थापनको काम गरिदैछ ।

उनले भने, ‘अवस्था पहिचान गरी कारण खोजी गर्ने र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा निकुञ्जको प्राविधिक टोली लागेको छ’, उनले थपे, ‘ध्रुवे हात्ती र घाइते बाघ सोही क्षेत्रमा हुँदा द्वन्द्व बढ्ने देखिएकाले व्यवस्थापनका काममा लागेका हौँ ।’ चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा टोली परिचालन गरी काम भइरहेको निकुञ्जले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, नेपाली सेना र हात्तीसारका कर्मचारीसहित सो क्षेत्रमा तीन वटा हात्ती परिचालन गरिएको उनले बताए। आवश्यकताअनुसार प्राविधिक थपघट हुने उनको भनाइ छ ।

चालु आर्थिक वर्षमा जङ्गली जनावरका कारण चार जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट दुई, बाघको आक्रमणबाट एक र गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको तिवारीले बताए । उनका अनुसार हात्तीको आक्रमणबाट मेघौली र देवनगरमा एक/एक जनाको मृत्यु भएको हो भने बाघको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको थियो । सौराहा क्षेत्रमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  २ : ३४ बजे

नेत्रविक्रम चन्द ‘विप्लव’ भन्छन्– ‘चुनावी मोर्चामा डट्ने पहल गरेका छौँ’ 

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चुनाव, संसद्

कुमारी बैंकद्वारा ‘कुमारी’ तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण

काठमाडौं– कुमारी बैंक लिमिटेडले शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा

हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव

मनाङ– भारी हिमपातपछि मनाङको जनजीवन प्रभावित बनेको छ । हिउँमा

पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

पर्वत– यस वर्ष यहाँ खेती गरिएकामध्ये आठ प्रजातिको धानबालीको मूल बीउ

चिसो मौसममा हृदयघातको जोखिम 

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । तिहारसम्म गर्मी महसूस