लोकतन्त्र आएपछि भाग खोज्न राजनीतिमा आएको होइन एमाले : ओली « Khabarhub

लोकतन्त्र आएपछि भाग खोज्न राजनीतिमा आएको होइन एमाले : ओली


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र जनतालाई सर्वोपरि भागमा राखेर सडकदेखि सदनसम्म भूमिका निभाउने बताएका छन् । प्रज्ञा प्रतिष्ठानमा पार्टीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र जनतालाई सर्वोपरि ठानेर अघि बढेको एमाले अब पनि सडक, सदन र सरकारमा जहाँ रहे पनि सोहीअनुसार अघि बढ्ने बताए । 

सामाजिक न्याय र लोकतन्त्रका लागि लडेको एमाले सधैँ देश र जनताको पक्षमा रहने बताउँदै उनले एमाले लोकतन्त्र आएपछि भाग खोज्नलाई राजनीतिमा नआएको भन्दै नयाँ उदाएका पार्टीप्रति व्यंग्य गरे । 

राजनीतिक क्षेत्रमा अस्थिरता र अराजकता मौलाएको भन्दै ओलीले भने, ‘अहिले राजनीतिमा इतिहास चाहिँदैन, अनुभव चाहिँदैन, अनुशासन, निष्ठा र बलिदान पनि चाहिँदैन भनिँदै छ । एमाले यसमा चिन्तित छ ।’

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  २ : ४१ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर