मधेसमा दलको नेता छान्ने जिम्मा अध्यक्ष राउतलाई « Khabarhub

मधेसमा दलको नेता छान्ने जिम्मा अध्यक्ष राउतलाई


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनमत पार्टीले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा सिके राउतलाई दिएको छ । पार्टीको जनकपुरधाममा आज बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष डा राउतलाई दिने निर्णय भएको सो पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशकुमार यादवले जानकारी दिए।

संसदीय दलको नेता बन्ने आकांक्षी धेरै भएकाले सहमति हुन नसकेपछि दलको नेता चयन गर्ने अधिकार पार्टी अध्यक्षलाई दिने निर्णय भएको प्रदेशसभा सदस्य यादवले बताए। जनमत पार्टीमा संसदीय दलको नेता बन्न सञ्जय यादव, चन्दन सिंह, वसन्त कुशवाहा, सतिश सिंह, महेशकुमार यादवलगायत नेता आकांक्षी छन् । प्रदेशसभामा यस पार्टी १३ सिटसहित चौथो ठूलो दल बनेको छ ।

मधेस प्रदेशसभामा दश राजनीतिक दलको प्रतिनिधित्व भएको छ तर सरकार बनाउन कुनै दलको एकल बहुमत नहुँदा संयुक्त सरकार बन्ने अवस्था छ । 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ५ : ५६ बजे

कांग्रेसले प्रतिनिधि सभाको चुनाव लड्ने

काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको

विराटनगरविरुद्ध पाँच ब्याटर सस्तैमा गुमेपछि संकटमा काठमाडौं

काठमाडौं – नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेलमा

पर्यटन प्रवर्द्धनका लागि छैटौँ बन्दीपुर महोत्सव

दमौली– पर्यटकीय नगरी बन्दीपुरको प्रचारप्रसार र बन्दीपुर भ्रमण वर्ष २०२५

नकुहिने फोहर बिक्रीबाट सात लाख आम्दानी

तनहुँ– जिल्लाको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्रीबाट चालु आवको पहिलो

विद्यार्थी अपहरणको शृङ्खला बढेपछि नाइजेरियामा विद्यालय बन्द

एजेन्सी– आतंकवादी समूहहरूद्वारा विद्यार्थीहरूको अपहरणको शृङ्खलामा वृद्धि भएपछि नाइजेरियाली सरकारले