खेलकुदलाई शिक्षासँग अलग गर्नु हुँदैन : नेमकिपा अध्यक्ष बिजुक्छेँ « Khabarhub

खेलकुदलाई शिक्षासँग अलग गर्नु हुँदैन : नेमकिपा अध्यक्ष बिजुक्छेँ


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले खेलकुदलाई शिक्षासँग जोडेर लैजानुपर्ने बताएका छन् । आजदेखि भक्तपुर नगरपालिकाले शहीद स्मृति खेल मैदानमा आयोजना गरेको ‘भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता’ उद्घाटन गर्दै उनले खेलकुद पनि शिक्षाको अभिन्न अङ्ग भएकाले खेलकुदलाई शिक्षासँग जोडेर लैजानुपर्ने बताए ।

अध्यक्ष बिजुक्छेँले भने, “खेलकुद क्षेत्रलाई राजनीतिसँग पनि अलग गर्न हुँदैन, समाजवादी देश क्युबाले खेलकुदमा धेरै प्रगति गरेको उदाहरण हामीसामु छ । स्वास्थ्य, अनुशासन, देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाको निम्ति खेलाडी खेलकुदमा सहभागी हुनुपर्छ ।” उनले विद्यालय तहदेखि नै विद्यार्थीलाई राम्रोसँग प्रशिक्षित गर्नसके राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

त्यसअवसरमा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विद्यालय जीवनमा पढाइ सँगसँगै खेल र सिर्जनात्मक गतिविधि अत्यन्त महत्वपूर्ण रहने बताउँदै खेलकुद सर्वसाधारणका छोराछोरीको अधिकारको विषय बनाइनुपर्नेमा जोड दिए । उनले वास्तविक प्रजातन्त्र उपभोग गर्न शिक्षा, स्वास्थ्य र खेलकुदलाई विद्यार्थीको अधिकारको विषय बनाइनुपर्नेमा जोड दिए ।

कार्यक्रमका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरबाटै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी, रेफ्री तयार गर्ने भक्तपुर नपाको उद्देश्य रहेको बताउँदै खेलकुदमा भाग लिनु मनोरञ्जनको लागि मात्र नभई अनुशासन र मित्रताको लागि भएको उल्लेख गरे ।

उनले खेलकुद विकासको लागि भक्तपुर नपा वडा नं ९ र ८ लिबालीमा खेलकुद कभर्ड हल निर्माण सम्पन्न भई चालु अवस्थामा रहेको बताउँदै हाल भनपा–१० मा बेखाल कभर्ड हल निर्माणाधीन अवस्थामा रहेको र माहेश्वरी खेलमैदान तथा शहीद स्मृति खेलमैदान निर्माण प्रक्रियामै रहेको बताए ।

नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा भलिबल, टेबुलटेनिस, उसु, पोर्टबल, कबड्डी, तेक्वाण्डो, कराँते, एथ्लेटिक्स, ब्याडमिन्टनरजिम्नास्टिक, फुटसल, खोखो, बुद्धिचाल, कसिमला पाँय् गरी १३ खेलका लागि प्रतिस्पर्धा हुने बताइन् ।

त्यसअघि आजै नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, खेलकुद संस्थाका पदाधिकारी, विभिन्न बाजा टोली, नपाका कर्मचारीलगायतको सहभागितामा दत्तात्रयबाट सुरु भएको र्‍याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो हुँदै शहीद स्मृति खेलमैदानमा पुगेर उद्घाटन सत्रमा परिणत भएको थियो ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ७ : ४० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको