प्लाष्ट नेपालले १३ मंसिरदेखि चौथो अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने « Khabarhub

प्लाष्ट नेपालले १३ मंसिरदेखि चौथो अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्लाष्ट नेपालले यही मंसिर १३ देखि १५ सम्म काठमाडौंको भृकुटीमण्डपमा चौथो अन्तरराष्ट्रिय प्लाष्टिक प्रदर्शनी आयोजना गर्ने भएको छ ।

प्लाष्टिकको बहुआयामिक उपयोगमा भैरहेको विश्वव्यापी विस्तारवाट नेपालसमेत लाभान्वित भैरहेको सन्दर्भमा प्रदर्शनी आयोजना गर्न लागिएको प्लाष्ट नेपालले जानकारी दिएको छ ।

नेपालमा उत्पादित विभिन्न प्लाष्टिक जन्य वस्तुहरूका उत्पादकहरू साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरू, उत्पादनमा प्रयोग गरिने विभिन्न मेशिन–औजार–उपकरण लगायत नवीनतम प्रविधिसमेत प्रदर्शन गरिने कार्यक्रम रहेको प्लाष्ट नेपाल फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिएका छन् ।

मेलामा नेपाल, भारत, बंगलादेश, चीन लगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपूर्तिकर्ता र मेशिन उपकरण आपूर्तिकर्ता तथा मिडिया/सेवा प्रदायकहरूको सहभागिता हुनेछ भने मेलाको सह आयोजक भारतको कम्प्लाष्ट रहेको छ ।

नेपालमा प्लाष्टिक जन्य वस्तुको उत्पादन र उपयोग तथा उपयोगपछिको व्यवस्थापन समेतका विषयमा प्रचारप्रसार गरी जनचेतना जगाउने तथा विश्व बजारमा गरिएका नवीनतम प्रविधिको विकासलाई नेपाली बजारमा समेत भित्र्याउन मेलाले सहयोग पुर्‍याउने आयोजकले अपेक्षा गरेको छ ।

प्रर्दशनीमा प्लाष्टिकजन्य वस्तुको उपयोगिताबारे उपभोक्ता, सरकारी र सार्वजनिक निकायहरूमा जागरण ल्याउने एवम् जानकारी गराउने योजना छ ।

प्लाष्टिक उद्योगहरूको जनशक्ति विकास गर्न तालिम÷प्रशिक्षण, आधुनिक र अध्यावधिक ज्ञान र सीप उपलब्ध गराउने÷हस्तान्तरण गर्ने केन्द्रको रुपमा काम गर्ने, प्लाष्टिकजन्य वस्तुहरूको परीक्षण र विकाससम्बन्धी सेवा प्रदान गर्ने प्रयोगशालाको विकास गरी भविष्यमा प्रमाणीकरणको काम समेत गर्ने, प्लाष्टिकजन्य वस्तुहरूको सम्बन्धमा पुनःप्रयोग, पुनःप्रशोधन र न्यूनीकरणको विषयमा जागरण ल्याउने, प्लाष्टिक क्षेत्रको प्रवद्र्धन गरी नेपाललाई प्लाष्टिक गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यसहित प्लाष्ट नेपालले यसअघि तीनवटा अन्तराष्ट्रिय प्रदर्शनी सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

नेपालमा सञ्चालित प्लाष्टिकजन्य उद्योग र यससँग सम्बन्धित उद्यमी व्यवसायीहरूको प्रयासमा वि.सं. २०७० मा प्लाष्ट नेपाल स्थापना भएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ११ : ५९ बजे

नेपालमा शान्तिपूर्ण निर्वाचन भएको भन्दै अमेरिकाले दियो बधाई

काठमाडौं – नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै

रौतहटमा आज रातिदेखि नै मतगणना गरिने

रौतहट – रौतहटको चारवटै निर्वाचन क्षेत्रमा आज भएको प्रतिनिधिसभा सदस्य

सुदूरपश्चिममा ४८ प्रतिशत मत खस्यो, धमाधम मतपेटिका संकलन गरिँदै

सुदूरपश्चिम – प्रतिनिधिसभा सदस्यको आज भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा झन्डै

बारामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न

बारा – बाराका चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण

हुम्लामा ६४.९५ प्रतिशत मतदान

हुम्ला – हुम्लामा २२ हजार ३२८ अर्थात् कुल मतको ६४.९५