झापामा हात्तीको आक्रमणबाट ५६ जनाको मृत्यु | Khabarhub Khabarhub

झापामा हात्तीको आक्रमणबाट ५६ जनाको मृत्यु


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणमा परी ५६ जनाको मृत्यु भएको छ । सोही अवधिमा १६ वटा हात्ती समेत मरेका छन् । जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ वटा रैथाने र भारतबाट आउने जङ्गली हात्तीको आक्रमणबाट उनीहरूको मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

जङ्गलमा निगुरो टिप्ने, घाँस, दाउरा गर्ने र कतिपयको रातको समयमा हात्तीले घरमै आक्रमणबाट गर्दा ज्यान गएको डिभिजन वन कार्यालयका प्रमुख जीवनप्रसाद पाठकले जानकारी दिए। उनी अनुसार मंगलबार मात्र बाख्रालाई घाँस काट्न जङ्गल गएका बाह्रदशी गाउँपालिका-१ का ३७ वर्षीय जगतबहादुर भुजेलको हात्ती आक्रमणमा परी मृत्यु भएको छ । 

उनी छिमेकी गाउँपालिका कचनकवल-१ मा रहेको पश्चिम देउराली सामुदायिक वनमा बाख्रालाई घाँस काट्न गएका थिए। घाँस लिएर घर फर्कने क्रममा भुजेललाई मङ्गलबार अपरान्ह ३ बजे हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालयका प्रमुख पाठकले भनाइ छ । सोही वडाका ८० वर्षीय देवीबहादुर अधिकारीको गत भदौ १५ गते हात्तीले नै कुल्चेर मृत्यु भएको थियो । 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ३ : ०९ बजे

वरिष्ठ इरानी सैन्य अधिकारी सदमानी मारिएको पुष्टि

तेहरान – इरानले आफ्ना थप एक वरिष्ठ सैन्य अधिकारीको मृत्यु

सुरक्षा खर्च बढाउने नाटोको निर्णय : अमेरिका र पश्चिमा सभ्यताको जित भएको ट्रम्पको भनाइ

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोले सुरक्षा खर्च पाँच

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार १२ गते बिहीबार। असार

आज २०८२ साल असार १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १२ गते बिहीबार। असार