झापामा हात्तीको आक्रमणबाट ५६ जनाको मृत्यु « Khabarhub

झापामा हात्तीको आक्रमणबाट ५६ जनाको मृत्यु


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणमा परी ५६ जनाको मृत्यु भएको छ । सोही अवधिमा १६ वटा हात्ती समेत मरेका छन् । जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ वटा रैथाने र भारतबाट आउने जङ्गली हात्तीको आक्रमणबाट उनीहरूको मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

जङ्गलमा निगुरो टिप्ने, घाँस, दाउरा गर्ने र कतिपयको रातको समयमा हात्तीले घरमै आक्रमणबाट गर्दा ज्यान गएको डिभिजन वन कार्यालयका प्रमुख जीवनप्रसाद पाठकले जानकारी दिए। उनी अनुसार मंगलबार मात्र बाख्रालाई घाँस काट्न जङ्गल गएका बाह्रदशी गाउँपालिका-१ का ३७ वर्षीय जगतबहादुर भुजेलको हात्ती आक्रमणमा परी मृत्यु भएको छ । 

उनी छिमेकी गाउँपालिका कचनकवल-१ मा रहेको पश्चिम देउराली सामुदायिक वनमा बाख्रालाई घाँस काट्न गएका थिए। घाँस लिएर घर फर्कने क्रममा भुजेललाई मङ्गलबार अपरान्ह ३ बजे हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालयका प्रमुख पाठकले भनाइ छ । सोही वडाका ८० वर्षीय देवीबहादुर अधिकारीको गत भदौ १५ गते हात्तीले नै कुल्चेर मृत्यु भएको थियो । 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ३ : ०९ बजे

कङ्गोमा इबोला प्रकोप : विश्व स्वास्थ्य सङ्गठनद्वारा सङ्कटकाल घोषणा

किन्शासा– कङ्गो लोकतान्त्रिक गणतन्त्रमा तीव्र रूपमा फैलिएको घातक इबोला सङ्क्रमणले

स्कटल्यान्डविरुद्ध जवाफी ब्याटिङ गर्दै नेपाल, दुवै ओपनर सस्तैमा गुमायो

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा जारी १०६औं एकदिवसीय

माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका एक महिलाको माटोको ढिस्कोमा पुरिएर आज

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

काठमाडौं– चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको सर्वोच्च

८ गतदेखि काठमाडौंमा नेपाल हस्तकला एक्स्पो आयोजना हुने

काठमाडौं– नेपाल हस्तकला महासंघको आयोजनामा जेठ ८ गतदेखि काठमाडौंमा नेपाल