चीनद्वारा अफगानिस्तानमा खाद्यान्न सहयोग « Khabarhub

चीनद्वारा अफगानिस्तानमा खाद्यान्न सहयोग


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चीनले अफगानिस्तानको निमरोज प्रान्तका चार सय ५० विपन्न परिवारलाई सहायता सामग्री प्रदान गरेको छ । मानवीय सहायतास्वरुप चीनले प्रदान गरेका सहायता सामग्री प्रान्तीय अधिकारीहरूले आज हस्तान्तरण गरेका हुन् ।

प्रान्तीय प्राकृतिक प्रकोप व्यवस्थापन र मानवीय मामिलाका प्रमुख मल्लवी मोहम्मद कासिम मोहम्मदका अनुसार खाद्यान्न अभावका कारण छटपटिएकाहरूलाई चामल र गहुँलगायत खाद्यान्न प्रदान गरिएको छ । अनाथ एवम् अपाङ्गता भएकालाई प्राथमिकताका साथ सहायता सामग्री वितरण गरिएको उनले बताए । उनले मानवीय सहायता पठाएकामा चीनलाईप्रति आभार व्यक्त गरेका छन् ।

निमरोज प्रान्तका विपन्न परिवारलाई चीनले सहयोग गरेको यो हप्तामा दोस्रो पटक हो । निमरोज प्रान्तको राजधानी जरन्ज सहरमा गत आइतबार चार सय विपन्न परिवारलाई चिनियाँ मानवीय सहायता सामग्री प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : ०९ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।