अनुहार र छालाको सौन्दयर्ता कसरी बचाइराख्ने ? « Khabarhub

अनुहार र छालाको सौन्दयर्ता कसरी बचाइराख्ने ?


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – के तपाईँले कहिल्यै सोच्नुभएको छ कि छालाको सौन्दर्य बाहिरी स्वास्थ्यका साथै आन्तरिक स्वास्थ्यमा पनि भर पर्छ भनेर। हाम्रो शरीर जति स्वस्थ हुन्छ, हाम्रो छाला त्यति नै चम्किलो हुन्छ।

सधैँ सुन्दर र जवान देखिनका लागि पहिलो सर्त हो, स्वास्थ्य जीवन। शारीरिक रूपमा स्वास्थ्य र तन्दुरुस्त भइयो भने त्यसको प्रभाव अनुहार, छाला, केस सबैमा देखिन्छ।

यसका लागि नियमित व्यायाम, सन्तुलित खानपान जस्ता कुरालाई आत्मसात् गर्नुपर्छ। यदि सधैँ सुन्दर, जवान र ऊर्जावान् रहने हो भने योगलाई जीवनशैलीको एउटा हिस्सा बनाउनुपर्छ।

नियमित हेरचाहले हाम्रो छालालाई स्वस्थ, चम्किलो र सुन्दर बनाउनुका साथै छालालाई समग्रमा राम्रो अवस्थामा राख्छ। हामीले दिनहुँ छालाका कोशिकाहरू फ्याँक्ने भएकाले छालालाई चम्किलो र स्वस्थ राख्न महत्त्वपूर्ण छ।

हाम्रो वातावरणले पनि हाम्रो छालामा ठूलो प्रभाव पार्छ। प्रदूषण, तनाव, हामीले खाने र पिउने तरिका र हामीले सास लिने हावाले पनि हाम्रो छालालाई बिगार्छ। तर यदि हामी चम्किलो छाला चाहन्छौं भने छालाको हेरचाहको लागि खानामा यी खानेकुरा समावेश गर्न सकिन्छ।

टमाटरमा एन्टिअक्सिडेन्ट उच्च हुन्छ र लाइकोपीनले भरिएको हुन्छ। यसले छालालाई राम्रो बनाउन मद्दत गर्न सक्छ। यसलाई आफ्नो आहारमा दैनिक रूपमा समावेश गर्नुपर्छ जसले तपाईंको छाला राम्रो बनाउन मद्दत गनर्छ।

गाजरमा भिटामिन ए हुन्छ। यसले घाममा परेको छाला, बुढ्यौली छाला र चाउरी पर्नबाट रोक्नका लागि धेरै उपयोगी साबित हुन सक्छ। भिटामिन ए ले छालालाई स्वस्थ र चम्किलो बनाउँछ।

काँक्रो पानीले भरिएको खानेकुरा हो जुन छालाको लागि एकदमै स्वस्थकर हुन्छ। यसले तपाईंको छालालाई हाइड्रेटेड र चिसो राख्छ।

यसले तपाइँको छालालाई मुँहासे र यूवी विकिरणबाट बचाउँछ। यसले छालालाई चाउरी पर्नबाट पनि बचाउँछ र छालालाई कडा बनाउँछ। यसले छालाका कोशिकाहरूलाई क्षति हुनबाट समेत जोगाउँछ।

स्वस्थ र सफा छालाका लागि बैजनी र गाढा गुलाबी रंगको तरकारी धेरै लाभदायक साबित हुन सक्छ। त्यसैले चुकन्दरमा भिटामिन ए, भिटामिन ई, क्याल्सियम र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ।

सुन्दरतालाई बचाइराख्न अरु के गर्ने ?
सन्तुलित र स्वास्थ्य खानपान, सरसफाइमा ध्यान दिने।

नियमित योग, व्यायाम गर्ने।

प्राकृतिक सौन्दर्य प्रसाधनको प्रयोग गर्ने।

सुन्दर देखिनका लागि मेकअपमा मात्र जोड दिनु हुँदैन।

जीवनशैलीमै परिवर्तन गर्नुपर्छ।

पर्याप्त निदाउनु पर्छ, यसले केवल हर्मोन मात्र सन्तुलित रहँदैन, प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ।

मेकअप र कसरत भन्दा सुन्दरताको लागि आत्मविश्वास बढाउँछ।

रिस, आवेग, क्रोधले सौन्दर्यमा ह्रास आउँछ।

त्यसैले सधैँ खुसी देखिने अभ्यास गर्नुपर्छ। जसले गर्दा सौन्दर्य बढाउँछ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ८ : २० बजे

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध

आज देशभरको मैसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गणेश पराजुलीलाई प्रश्न : रास्वपामा सभापतिलाई किन यति धेरै शक्तिशाली बनाउन खोज्नु भएको ?

गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको