षडानन्द नगरपालिकाले थाल्यो ऐतिहासिक सम्पदाको संरक्षण | Khabarhub Khabarhub

षडानन्द नगरपालिकाले थाल्यो ऐतिहासिक सम्पदाको संरक्षण


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुद्ध तामाङ

दिङ्ला– भोजपुरको षडानन्द नगरपालिकाले नगर क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षण थालेको छ ।

षडानन्द अधिकारीले स्थापना गरेका विभिन्न मन्दिर, पाटी, पौवा तथा कुण्डहरुको संरक्षणमा नगरपालिकाले तीव्रता दिएको हो । नगरपालिका क्षेत्रभित्र रहेका पुरातात्विक तथा मौलिक सम्पदाहरुका समष्टिगत संरक्षण तथा विकास गर्ने उदेश्यले काम शुरु गरिएको नगरपालिका उपप्रमुख मेरीका राईले बताइन् । उनले दिङ्लामा रहेको षडानन्द अधिकारीले स्थापना गरेको राम चन्द्र मन्दिरबाट संरक्षण अभियान थालिएको बताइन् ।

मन्दिरको संरक्षणको लागि षडानन्द नगरपालिकाको पहलमा प्रदेश सरकारको ४० लाखको लागतमा मन्दिरको वरीपरि ढुङ्गा छाप्ने काम भएको छ । त्यस्तै नगरपालिकाको ८ लाख लागतमा मन्दिरको वरीपरी रथ घुम्ने मिल्ने गरी पक्कि बाटो निमार्ण गरिएको उपप्रमुख राईले बताइन् ।

उपमेयर राईले भनिन् “राम मन्दिरमात्र हैन कैलास मन्दिर जानको लागि समेत नगरपालिकाकै लगानिमा रेलिङ सहित सिडि निमार्ण गरेका छौँ र पुरानो भत्किएको पाटीलाई पुनः निमार्ण गर्नको लागि कामको थालनी भइसकेको छ ।”

सिँढी निर्माण सम्पन्न भएपछि मन्दिरसहित कैलासमा पूजाआजा गर्न जाने भक्तजन तथा घुम्न आउने पर्यटकलाई समेत सहज हुने नगरपालिकाले जनाएको छ । बाल ब्रह्मचारी षडानन्द अधिकारीले डेढ सय वर्षअघि मन्दिरको स्थापना गरेका थिए ।

लामोसमयदेखि संरक्षणविहीन अवस्थामा रहेको यी ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीयले समेत तदारुकता देखाएका छन् । षडानन्द नगरपालिका क्षेत्रभित्र रहेका पुराना ऐतिहासिक सम्पदा संरक्षण गरी पर्यटकीय गन्तव्य निर्माण गर्न जीर्ण सम्पदा संरक्षण गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद कोइरालाले बताए ।

प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने, “पछिल्लो समय पर्यटक हेर्न आउदा समेत हेर्न सक्ने स्थिति थिएन अब त पर्यटक दिङ्ला आए एक हप्ता रमाउने अवस्था बनेको छ ।”

प्रमुख प्रशासकीय अधिकृत कोइरालाका अनुसार रामचन्द्र मन्दिरको आसपासमा रहेका सीता कुण्ड, हनुमान कुण्ड लगायत कुण्डहरु स्थापना गर्नको लागि नक्सासहित योजना बनिसकेको र काम समेत सुरु भइसकेको छ ।

१९३२ सालमा षडानन्दले खोलेको संस्कृत पाठशाला सञ्चालनका लागि गुठीको नाममा राखिएको जग्गा खोजी गर्ने काम समेत नगरपालिको अगाडि बढाएको छ । जसको लागि गुठिको जग्गा अतिक्रमण गरी बनाएका घर टहराहरु नगरपालिकाकै सक्रियतामा भत्काउन शुरु गरेको छ ।

बालागुरु षडानन्द अधिकारीले दिङ्ला बजार आसपासमा नर्मदेश्वर शिवालय, रामचन्द्र मन्दिर, सीता कुण्ड, हनुमान पोखरीलगायत १०८ विभिन्न प्रजातिका वनस्पति रहेको बगैंचा निर्माण गरेका थिए । ति सम्पदाहरुको संरक्षण गर्नको नगरपालिकाले शुरु गरेको छ । जसमा सीता कुण्ड, हनुमान कुण्ड लगायत संरक्षणको लागि नक्सा तयार भई सकेको समेत नगरपालिकाले जनाएको छ ।

दस वर्षे द्वन्द्वको चपेटामा परेको गुठी संरक्षणमा कसैले ध्यान नदिएका कारण जीर्ण बनेका भौतिक संरचना २०७२ सालको भूकम्पले भत्काएपछि संरक्षण विहिन जस्तो बनेको मन्दिर परिषरमा भौतिक संरचना पुनर्निर्माण कार्य थालिएको छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ५ : १८ बजे

अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल

एजेन्सी– अफगानिस्तानको तालिवान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति

निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने

जलेश्वर– भारतको विहार राज्यमा आगामी मंगङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई

बागलुङमा पिकअप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

ढोरपाटन– बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते

सेटलाइट कृषि फार्मका लागि ८०१ रोपनी जग्गा प्राप्ति

मुस्ताङ– मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीमा सेटलाइट कृषि फार्म स्थापनाका लागि

चन्द्रागिरी केबलकार पुनः सञ्चालन (तस्बिरहरू)

काठमाडौं– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि दुई