नदी तर्न हुम्लावासीलाई काठको लाप्कोको भर « Khabarhub

नदी तर्न हुम्लावासीलाई काठको लाप्कोको भर


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सुर्खेत –  हुम्लाको दुर्गम गाउँमा राज्यले पुलमा लगानी नगर्दा काठको लाप्कोको सहायता खोला तथा नदी तर्नुपर्ने बाध्यता छ। स्थानीय स्रोत, साधन तथा जनशक्ति प्रयोग गरेर काठको सहायताले निर्माण गरिएका पुलहरूद्वारा यहाँका सर्वसाधारण दैनिक जोखिमपूर्ण यात्रा गरिरहेका छन्।

यहाँ एउटै पालिकामा ११ देखि २५ वटा सम्म यस्ता काठेपुल पाइन्छ।  खार्पुनाथ गाउँपालिकामा काठका १७ वटा पुल छन्। सर्केगार्ड गाउँपालिकामा २३, चंखेली गाउँपालिकामा १९, अदानचुली गाउँपालिकामा ११ र ताँजाकोट गाउँपालिकामा १३ वटा काठेपुल रहेको पालिकाले जनाएका छन्। खार्पुनाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले विशेषगरी खोला र खर्कहरूमा काठेपुलको निर्माण बढी हुने गरेको बताए।

नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङका अनुसार लिमीमा अहिले पनि ११ वटा काठेपुल रहेका छन्। लिमीका ती पुल स्थानीयले जनश्रमदानबाट निर्माण गरेका हुन्। केही वडाको बजेटबाट समेत निर्माण भएका छन्। यी क्षेत्रमा काठेपुल नहुने हो भने दैनिकी नै बन्द हुने अवस्था छ। गाडी गुडाउन पनि काठेपुल नै निर्माण गरिएका छन्। यातायातका साधन काठेपुलमा ओहोरदोहोर गर्दा जोखिम भने उच्च हुन्छ। नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले आफ्नो गाउँपालिकाकामा २५ भन्दा बढी काठेपुल स्थानीयले बनाएको जानकारी दिए।

झोलुङ्गे पुल निर्माणको भए पनि कतैबाट पक्की पुल निर्माण हुन नसकेपछि बाध्य भएर काठेपुल निर्माण गरिरहेको अध्यक्ष लामाले बताए। सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकायले गाउँपालिकामा अहिले पनि १५ भन्दा बढी कोठेपुलको प्रयोगमा रहेको बताइन्। काठेपुल तर्दा, खोला र नदीमा खसेर कयौँले ज्यान गुमाएको उनले बताए।

सडक सञ्जालसँग नजोडिएको हुम्लामा वैकल्पिक माध्यमको सहायताबाट यातायातका साधन देखि सर्वसाधारण, घोडा, खच्चड र चौरीहरू खोला तथा नदी वारपार हुने गरेको छ। सामाग्रीको मूल्यभन्दा ढुवानी भाडा बढी पर्ने हुम्लामा सडक, पुल तथा अन्य विकास निर्माणका काम गर्न समेत हिउँदयाममा समस्या हुँदै आएको छ। हिउँदयाममा चिसो, हिमपात र वर्षायाममा खोला तथा नदीमा रहेका पुल पानीको वहाबले बगाउने समस्याले गर्दा विकास निर्माणमा समस्या हुँदै आएको छ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  १ : ०० बजे

असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान

काठमाडौं– नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान