मानव बेचविखनमा संलग्न दुई चिनियाँलाई थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतको आदेश « Khabarhub

मानव बेचविखनमा संलग्न दुई चिनियाँलाई थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतको आदेश


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले मानव बेचविखनमा संलग्न दुई चिनियाँ नागरिकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

आकर्षक तलब र रोजगारीको लोभ देखाएर विदेशमा बिक्री गरेको कसूरमा अदालतले चिनियाँ नागरिकहरु छोवाङ रुङ र चेन याङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

धेरै तलब प्राप्त हुने लोभ देखाएर एजेण्टमार्फत सम्पर्कमा आएका युवालाई विदेश पुर्‍याउने र गैरकानूनी गतिविधिमा लगाउने कार्यमा उनीहरुको संलग्नता खुलेको छ । उनीहरुले १० जना नेपालीलाई बिक्री गरेको र अरु धेरैलाई विदेश पुर्‍याएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

दुई जना चिनियाँबाहेक उक्त कार्यमा संलग्न केही नेपालीलाई पनि अनुसन्धानको दायरमा ल्याइएको प्रहरीले जनाएको छ । उनीहरूले नेपाली एजेन्टको प्रयोग गरी नेपालीलाई भारत हुँदै थाइल्याण्ड पुर्‍याउने गरेको र त्यहाँबाट गाडीमा लाओस पठाइ बेचेको प्रहरीले जनाएको छ ।

लाओसमा सेल्स मार्केटिङको काममा एक हजारदेखि १५ सय डलरसम्म मासिक पारिश्रमिक पाउने लोभ देखाएर उनीहरुले मानिसहरुलाई लाओस पठाउने गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ५ : ०३ बजे

दुई फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने

एसिया कप : सेमिफाइनका दुई खेल आज हुँदै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको सेमिफाइनलका दुई खेल

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित