डा अनिलका अनुसार यी हुन् मोटोपनाका प्रमुख कारण | Khabarhub Khabarhub

डा अनिलका अनुसार यी हुन् मोटोपनाका प्रमुख कारण


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

डा. ओममूर्ति अनिल

यदि तपाई धेरै खानुहुन्छ र प्रयाप्त शारीरिक गतिविधि गर्नुहुन्न भन्ने, खानाबाट प्राप्त क्यालोरी खर्च नभएर बोसोको रुपमा शरीरमा जम्मा हुनथाल्छ । यस्तो भएमा तपाईं मोटो हुन थाल्नुहुन्छ ।

मोटोपना धेरै रोगहरुको कारण हुनसक्छ । बैज्ञानिक तथ्यहरुको आधारमा मोटोपनालाई आजभोलि एउटा रोग नै मानिन थालिएको छ । मोटोपनाले उच्च रक्तचाप,मधुमेह, र उच्च कोलेस्ट्रोल जस्ता रिस्क फैक्टर्सहरुको सृजना गरेर ह्दयाघात र मस्तिष्कघात जस्ता प्राणघातक रोगहरु निम्त्याउन सक्छ ।

त्यसैले यदि तपाईको परिवारको कुनै सदस्य मोटो हुनुहुन्छ भने खानपिन सहितको जीवनशैलीमा परिवर्तन गरी तौल घटाउन सल्लाह दिनुपर्दछ ।

मोटोपनाका प्रमुख कारणहरु

मोटोपनाका विविध कारणहरु मध्ये अस्वस्थ आहारको अत्यधिक सेवन र शारीरिक गतिविधिमा कमी नै प्रमुख हुन् । प्रशस्त मात्रामा खाना खाने तर शारीरिक गतिविधि कम गर्ने भएमा हाम्रो शरीरमा खानाबाट प्राप्त हुने क्यालोरी बोसोको रुपमा जम्मा हुनथाल्छ ।

बोसो विशेष गरेर छालामुनि र पेटमा जम्मा हुन्छ । गुलियो र चिल्लो खानामा क्यालोरी बढी हुने भएकोले यस्तो खाना खानेहरुलाई मोटोपना हुने सम्भावना बढी हुन्छ । खानपिन बाहेक वंशानुगत कारणले पनि मोटोपना निम्त्याउन सक्छ । कहिलेकाही थाइराइड हार्मोनको कमीले पनि मोटोपना हुनसक्छ ।

व्यवहारिकतामा मोटोपनाका प्रमुख कारणहरु खाने बानी, शारीरिक गतिविधिमा कमी र वंशानुगत कारण नै हुन् । फास्टफूडको बढ्दो लोकप्रियताले पनि मोटोपनाको महामारी फैलाएको हुनसक्छ ।

फास्टफुडमा शरीरलाई हानि गर्ने लगभग सम्पूर्ण तत्वहरु मिसाइएको हुन्छ । अर्को अर्थमा फास्टफूड भनेको हामीलाई अस्वस्थ बनाउने एउटा षडयन्त्र हो जसमा चिनी, बोसो र नुनले प्रमुख भूमिका खेलेको हुन्छ ।

मोटोपनाको प्रकोप

मोटोपनालाई धेरै रोगको जड्को रुपमा मानिन्छ । मोटोपना भएमा उच्च रक्तचाप, मधुमेह र उच्च कोलेस्ट्रोल हुने सम्भावना बढी हुन्छ । मोटोपना आफैमा ह्दयाघात र मस्तिष्कघातको एउटा प्रमुख कारणको रुपमा पनि चिनिन्छ ।

मोटोपनाले बाझोपना, जोर्नीको समस्या, पेटको समस्या, स्वास्वाहुने र खुट्टा सुन्निने आदि समस्या पनि सृजना गर्नसक्छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ५ : ३३ बजे

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी