डा अनिलका अनुसार यी हुन् मोटोपनाका प्रमुख कारण « Khabarhub

डा अनिलका अनुसार यी हुन् मोटोपनाका प्रमुख कारण


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

डा. ओममूर्ति अनिल

यदि तपाई धेरै खानुहुन्छ र प्रयाप्त शारीरिक गतिविधि गर्नुहुन्न भन्ने, खानाबाट प्राप्त क्यालोरी खर्च नभएर बोसोको रुपमा शरीरमा जम्मा हुनथाल्छ । यस्तो भएमा तपाईं मोटो हुन थाल्नुहुन्छ ।

मोटोपना धेरै रोगहरुको कारण हुनसक्छ । बैज्ञानिक तथ्यहरुको आधारमा मोटोपनालाई आजभोलि एउटा रोग नै मानिन थालिएको छ । मोटोपनाले उच्च रक्तचाप,मधुमेह, र उच्च कोलेस्ट्रोल जस्ता रिस्क फैक्टर्सहरुको सृजना गरेर ह्दयाघात र मस्तिष्कघात जस्ता प्राणघातक रोगहरु निम्त्याउन सक्छ ।

त्यसैले यदि तपाईको परिवारको कुनै सदस्य मोटो हुनुहुन्छ भने खानपिन सहितको जीवनशैलीमा परिवर्तन गरी तौल घटाउन सल्लाह दिनुपर्दछ ।

मोटोपनाका प्रमुख कारणहरु

मोटोपनाका विविध कारणहरु मध्ये अस्वस्थ आहारको अत्यधिक सेवन र शारीरिक गतिविधिमा कमी नै प्रमुख हुन् । प्रशस्त मात्रामा खाना खाने तर शारीरिक गतिविधि कम गर्ने भएमा हाम्रो शरीरमा खानाबाट प्राप्त हुने क्यालोरी बोसोको रुपमा जम्मा हुनथाल्छ ।

बोसो विशेष गरेर छालामुनि र पेटमा जम्मा हुन्छ । गुलियो र चिल्लो खानामा क्यालोरी बढी हुने भएकोले यस्तो खाना खानेहरुलाई मोटोपना हुने सम्भावना बढी हुन्छ । खानपिन बाहेक वंशानुगत कारणले पनि मोटोपना निम्त्याउन सक्छ । कहिलेकाही थाइराइड हार्मोनको कमीले पनि मोटोपना हुनसक्छ ।

व्यवहारिकतामा मोटोपनाका प्रमुख कारणहरु खाने बानी, शारीरिक गतिविधिमा कमी र वंशानुगत कारण नै हुन् । फास्टफूडको बढ्दो लोकप्रियताले पनि मोटोपनाको महामारी फैलाएको हुनसक्छ ।

फास्टफुडमा शरीरलाई हानि गर्ने लगभग सम्पूर्ण तत्वहरु मिसाइएको हुन्छ । अर्को अर्थमा फास्टफूड भनेको हामीलाई अस्वस्थ बनाउने एउटा षडयन्त्र हो जसमा चिनी, बोसो र नुनले प्रमुख भूमिका खेलेको हुन्छ ।

मोटोपनाको प्रकोप

मोटोपनालाई धेरै रोगको जड्को रुपमा मानिन्छ । मोटोपना भएमा उच्च रक्तचाप, मधुमेह र उच्च कोलेस्ट्रोल हुने सम्भावना बढी हुन्छ । मोटोपना आफैमा ह्दयाघात र मस्तिष्कघातको एउटा प्रमुख कारणको रुपमा पनि चिनिन्छ ।

मोटोपनाले बाझोपना, जोर्नीको समस्या, पेटको समस्या, स्वास्वाहुने र खुट्टा सुन्निने आदि समस्या पनि सृजना गर्नसक्छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ५ : ३३ बजे

भाइरल च्याटबारे सुजन चापागाईंको स्पष्टीकरण : सामाजिक सञ्जालको दुरुपयोग भयो, छानबिन सुरु गरिसकेको छु

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला

चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव

कञ्चनपुर– लगातार बढ्दो गर्मी र लामो समयदेखि वर्षा नहुँदा कञ्चनपुरका

भेनेजुएलाको भूकम्प अपडेट : ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

एजेन्सी– भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु

सुरक्षित पुनःस्थापनाको सुनिश्चितता माग्दै होल्डिङ सेन्टरका बासिन्दाको प्रदर्शन

काठमाडौं– सुरक्षित पुनःस्थापना, भू–स्वामित्वसहितको बास अधिकार र सम्मानजनक आवासको सुनिश्चितता