व्यावसायिक अदुवा खेतीमा महिलाहरू « Khabarhub

व्यावसायिक अदुवा खेतीमा महिलाहरू


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

चौतारा – गरे के हुँदैन । यसको गतिलो उदाहरण बनेका छन्, इन्द्रावती गाउँपालिकाको गोसाइँकुण्ड सामुदायिक महिला केन्द्रका सदस्यहरू । उनीहरूले गाउँपालिका र कृषि ज्ञान केन्द्रको सहयोगमा व्यावसायिकरूपमा अदुवा खेती गर्न थालेपछि आम्दानी बढ्न थालेको छ ।

इन्द्रावती गाउँपालिकाको नवलपुर, पाडामरूवा, नयाँबस्ती, कुञ्चोक, बाँडेगाउँ र भोटसिपाका किसानले अदुवा खेतीलाई नगदेबालीका रूपमा विकास गर्दै लगेका छन् । अदुवाबाट हुने आम्दानीले आफ्नो आर्थिकस्तरमा समेत परिवर्तन आएको समूहकी अध्यक्ष जेठीमाया तामाङले बताइन् ।

गाउँपालिकाको सहयोगमा एक हजार पाँच सय किलो अदुवा लगाएकी चित्रकुमारी खोखाली बजारमा अदुवाको राम्रो माग आएपछि खुसी छन् । अघिल्लो वर्ष बजार भाउ राम्रो पाएपछि यो वर्ष समूह नै बनाएर व्यावसायिकरूपमा अदुवा खेती गर्न थालेको उनले बताए।

कोदो, मकैभन्दा दोब्बर फाइदा हुने खोखालीले बताए । उनका अनुसार उत्पादनभन्दा बजारमा अदुवाको माग बढी रहेको छ । अहिले २९ किसानले व्यावसायिकरूपमा अदुवा खेती गरिरहेका छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  १० : ४५ बजे

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा