चिसोबाट नागरिकलाई बचाउन रकम खर्च गर्ने अख्तियारी प्रदान « Khabarhub

चिसोबाट नागरिकलाई बचाउन रकम खर्च गर्ने अख्तियारी प्रदान


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले शीतलहर, हिमपात तथा अत्यधिक चिसोबाट नागरिकलाई बचाउन जिल्लामा रहेको विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरी विभिन्न जिल्लालाई अख्तियारी दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले आज मन्त्रीस्तरीय निर्णयबाट शीतलहर, हिमपात तथा अत्याधिक चिसो हुने २० जिल्लालाई तीन तहमा विभाजित गरी सोहीअनुरूप वितरण गर्ने अख्तियारी प्रदान गरेका हुन् ।

मन्त्रिपरिषद्बाट शीतलहर, हिमपात तथा अत्यधिक चिसोबाट हुनसक्ने जोखिम एवं सम्भावित धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी एवं प्रतिकार्य सम्बन्धमा भएको निर्णय कार्यान्वयन गर्न गृहमन्त्री खाँणले सो निर्णय गरेका हुन् ।

हिमाली जिल्ला ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, धादिङ, मुस्ताङ, गोरखा, रुकुम पूर्व, हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालीकोट, बझाङ, बाजुरा र दार्चुलालाई रु चार लाखका दरले खर्च गर्ने अख्तियारी दिइएको छ ।

 त्यसैगरी बढी प्रभावित हुनसक्ने तराईका जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, नवलपरासी पश्चिम, रूपन्देही र कपिलवस्तुलाई १२ लाखका दरले खर्च गर्ने अख्तियारी दिइएको छ । त्यस्तै नवलपरासी पूर्व, दाङ, बाँके, बर्दिया र कञ्चनपुरलाई रु आठ लाखका दरले खर्च गर्ने अख्तियारी दिइएको छ । कोषमा रकम अपुग भएमा माग गरी नेपाल सरकारको स्वीकृत मापदण्डबमोजिम तोकिएको सीमाभित्र खर्च गर्न पनि निर्देशन दिइएको छ ।

 तराईमा शीतलहर र हिमाल तथा पहाडमा अत्यधिक चिसो सुरु हुन लागेपछि सरकारले पूर्वतयारीस्वरुप यस्तो निर्णय गरेको मन्त्रालयले जनाएको छ । यसअघि साउन २० मा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले ‘विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९ स्वीकृत’ गरेको थियो । सोही कार्यविधि अनुसार चिसोबाट बचाउन जिल्लालाई रकम खर्च गर्ने अख्तियारी दिइएको हो । 

 

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ३ : २१ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल