नेपाल पर्यटन दशकका रणनीतिक योजना प्रभावकारी रुपमा कार्यान्वयन गरिने « Khabarhub

नेपाल पर्यटन दशकका रणनीतिक योजना प्रभावकारी रुपमा कार्यान्वयन गरिने


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले पर्यटन दशक २०२३ देखि २०३२ को रणनीतिक कार्ययोजना तयार गर्न विज्ञहरूले रूपरेखा तयार पारेको र यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताएका हुन् ।

मन्त्री श्रेष्ठले मुलुक संघीयतामा गए पनि काममा पुरानै प्रवृत्ति रहेको भन्दै पर्यटन क्षेत्रको विकासका लागि नवीन कार्यशैलीका साथ अघि बढ्नुपर्ने धारणा राखे । विज्ञहरूले तयार पारेको रूपरेखामा बहुपक्षीय पूर्वाधार विकास र पर्यटन क्षेत्रको पुनरुत्थानका साथै पर्यटक आगमन प्रति वर्ष १५ प्रतिशतले वृद्धि गरी ३५ लाख पुर्‍याउने उल्लेख छ ।

त्यस्तै  मुलुकको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदानलाई १० प्रतिशत कायम गर्ने लक्ष्य राखिएको मन्त्री श्रेष्ठले बताए । साथै प्रति पर्यटक प्रतिदिन खर्च ४८ डलरबाट १२५ पुर्‍याउने देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई १० प्रतिशतसम्म पुर्‍याउने योजना रहेको उनले बताए ।

कोरोनापछिको पर्यटन पुनःउत्थान तथा पुनः जागरण गर्दै देशैभर पर्यटन प्रवर्द्धनका लागि प्रादेशिक तथा राष्ट्रिय स्तरका अभियान सञ्चालन गर्ने मन्त्री श्रेष्ठले बताए ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ६ : १२ बजे

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि