नेपाल टी २० : काठमाडौंको विजयी सुरुवात « Khabarhub

नेपाल टी २० : काठमाडौंको विजयी सुरुवात


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं नाइट्सले पहिलो संस्करणको नेपाल टी २० फ्रेन्चाइज लिगमा विजयी सुरुवात गरेको छ । किर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको खेलमा काठमाडौँले पोखरा एभेन्जर्सलाई २६ रनले हरायो ।  एक सय ६३ रनको मध्य लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा सात सबै विकेट गुमाउँदै एक सय ३६ रनमा सीमित बनेको थियो ।  

ओपनर उपुल थरङ्गाले बलियो सुरुवात गरे पनि बाँकी खेलाडीले साथ नदिँदा पोखरा पहिलो खेलमै स्तब्ध बन्यो । श्रीलंकाका ओपनर उपुलले पोखराकोलागि ३४ बलमा ६ छक्का सहित ४४ रन बनाएका थिए । आरिफ शेखले २० रन बनाउँदा अमिर हाम्जा, अभिमन्यु मिथुनले समान १८ रन जोडे । सिद्धान्त लोहनी १३ रनमा अविजित रहे । बाँकी खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । बलिङतर्फ काठमाडौंका अभिनाश बोहराले सर्वाधिक तीन विकेट लिए । यसैगरी, बसिर अहमदले २ तथा अनिल खरेलले १ विकेट लिएका थिए । 

यसअघि टस जितेर निर्धारित १९ ओभरमा चार विकेट गुमाउँदै एक सय ६२ रनको योगफल तयार पार्‍यो । निर्धारित समयमा खेल सुरु नभएपछि एक ओभर खेल छोट्याइएको थियो । काठमाडौंका अज्मतुल्लाह ओमार्जाइले सर्वाधिक अविजित ८५ रन बनाए । ४२ बलको सामना गरेका ओमार्जाइले ४२ बलमा तीन चौका र सात छक्का प्रहार गरेका थिए । 

सुनम गौतमले २८ बलमा दुई चौकासहित २७ रन बनाएका थिए । ओमार्जाइसुनमले छैटौं विकेटका लागि एक सय १४ रनको बलियो साझेदारी गर्दै बलियो स्थितिमा पुर्‍याए । एलेक्स ब्लेकले २२ बलमा २१, भिरन्दीप सिंहले १५ बलमा १० रनको योगदान गरे । बाँकी खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । 

ओपनर सन्तोष कार्कीले तीन, कप्तान ज्ञानेन्द्र मल्ल शुन्यमा आउट भए । पोखराका प्रतिस जिसी र जाहि खानले दुई दुई विकेट लिए । मौसम ढकालले एक विकेट लिए । आजै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाईटेडसँग खेल्नेछ ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १२ : ५२ बजे

रोल्पा दुर्घटनाबारे रास्वपापछि बोल्यो प्रधानमन्त्री कार्यालय, चार सदस्यीय छानबिन समिति गठन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा भएको

उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती

इलाम– माइजोगमाई गाउँपालिका–४ नामसालिङ गाउँका १६ परिवार सामूहिकखेती गर्छन् ।

अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण

एजेन्सी– अमेरिका र इरानबीच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा

सिमलखेतका विपन्न दलितलाई बाख्रा पाल्न अनुदान

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका विपन्न दलित समुदायलाई स्वरोजगारतर्फ उन्मुख गराउने

‘एक घर एक धारा’ले फेरियो दैनिकी

बलेवा– भौगोलिक हिसाबले बागलुङ जिल्लाको अति विकट मानिने जैमिनी नगरपालिका–३