रूपन्देहीमा रक्तदान कार्यक्रम सम्पन्न  « Khabarhub

रूपन्देहीमा रक्तदान कार्यक्रम सम्पन्न 


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भैरहवा– लुम्बिनी प्रेस क्लब, रूपन्देहीको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लबको स्थापना दिवसको अवसर पारेर भैरहवाको जनकपथस्थित क्लबको कार्यालय परिसरमा कार्यक्रमको आयोजना गरिएको कार्यवाहक अध्यक्ष सम्झना शर्माले बताइन् । रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको शर्माले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्लबका निवर्तमान अध्यक्ष दीपेश पछाइले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको बताए । उनले स्थापना दिवसको अवसरमा क्लबले विभिन्न कार्यक्रम आयोजन गर्न लागेको बताए ।

कार्यक्रम संयोजक तथा क्लबका अनुशासन समिति संयोजक पशुपति यादवको स्वागत तथा महासचिव कमल रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नेपाल रेडक्रस सोसाइटी रूपन्देही जिल्ला शाखा रक्त सञ्चार सेवा केन्द्र सिद्धार्थनगरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १७ युनिट रगत संकलन भएको क्लबका सदस्य मोहम्मद हबिबले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ६ : ३६ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल