तालिबानको शासनमा अफगानिस्तानमा अवैध लागूऔषधको कारोबार बढ्यो « Khabarhub

तालिबानको शासनमा अफगानिस्तानमा अवैध लागूऔषधको कारोबार बढ्यो


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबानको शासनमा अफगानिस्तानमा अवैध लागूऔषधको कारोबार बढेको पाइएको छ । अफगानिस्तानको खामा प्रेसले मुलुकमा लागूऔषधको कारोबार बढेको जनाएको हो ।

गत वर्षको अगस्ट महिनामा अफगानिस्तानको शासन सम्हालेपछि तालिबानले मुलुकमा अवैध लागूऔषधको उत्पादन, प्रशोधन र तस्करीमाथि प्रतिबन्ध लगाएको थियो । यद्यपि लागूऔषधमाथि प्रतिबन्ध लगाउन तालिबानले गरेको व्यवस्थाको कार्यान्वयन भने नभएको खामा प्रेसले जनाएको छ ।

तालिबानलेसत्ता सम्हालेपछि अफगानिस्तानको अर्थतन्त्र संकटमा परेको छ भने बेरोजगारी पनि उत्कर्षमा पुगेको छ । मुलुकमा व्याप्त मानवीय संकट अहिले अफगानिस्तानमा शासन गरिरहेको सरकारले अघि सारेको वृहत रणनीतिको क्षमताभन्दा बाहिर रहेको खामा प्रेसले जनाएको छ ।

अन्तर्राष्ट्रिय समुदायको आँखा छल्नमात्रै तालिबानले अफगानिस्तानमा लागूऔषधमाथि प्रतिबन्ध लगाएको आलोचकहरुले बताउने गरेका छन् ।

लागूऔषध अफिम उत्पादनको हिसाबमा अफगानिस्तान विश्वकै सबैभन्दा ठूलो मुलुक हो । अफगानिस्तानबाट हरेक वर्ष १.५ अर्बदेखि ३ अर्ब अमेरिकी डलर बराबरको अफिम र हेरोइनको तस्करी हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ७ : २३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल