सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन हुनुपर्छ : मन्त्री कुँवर | Khabarhub Khabarhub

सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन हुनुपर्छ : मन्त्री कुँवर


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मुलुकको राजनीतिक स्थिरतका लागि सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठननिकट पत्रकारहरूसँग आज यहाँ आयोजित अन्तक्र्रियामा मन्त्री कुँवरले संविधान र लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धनको सरकारको विकल्प नरहेकाले त्यसतर्फ छलफल भइरहेको बताएका हुन् ।

मन्त्री कुँवरले मुलुकमा विशिष्ट परिस्थितिमा गठबन्धन निर्माण भएको बताउँदै त्यसले दुईवटा चुनाव सम्पन्न गरी राजनीतिक अन्योलताको अन्त्य गरेकाले अहिले नै गठबन्धनको विकल्प खोज्न नहुने बताए ।

वामपन्थी एकताका नाममा गठबन्धनबाट नेकपा ९एकीकृत समाजवादी० अलग हुन नहुने भन्दै उनले भने, “तत्कालीन नेकपा ९एमाले०को ज्यादतिका कारण जुन समूहसँग हामीले विद्रोह ग¥यौँ, त्यसको औचित्य पुष्टि नभइकन उनीहरूसँग अहिले एकताको मोर्चा बनाउने अवस्था छैन, उनीहरू सच्चिन जरुरी छ ।”

पाँच जना सदस्यबाट निर्माण भएको कम्युनिष्ट पार्टी लामो मेहेनत र सङ्घर्षले अहिले यहाँसम्म आइपुगेको बताउँदै मन्त्री कुँवरले चुनावमा प्रत्यक्षतर्फ चौथो भएको पार्टी केही प्राविधिक कारणले राष्ट्रिय मान्यता पाउन नसकेको भए पनि कार्यकर्ता आत्तिनुपर्ने तथा निरास हुनुपर्ने अवस्था नरहेको प्रष्ट पारे ।

सरकारले पत्रकार, कलाकार तथा स्वरोजगारमा आवद्ध श्रमिकलाई पनि सामाजिक सुरक्षामा समेट्ने उद्देश्यले यसको दायरा फराकिलो बनाएको उनले जानकारी दिए। प्रत्येक प्रदेशमा १२ जनाको प्रतिनिधित्व हुने गरी सबै प्रदेशबाट मजदुरका केटाकेटीलाई छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाइएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ९ : ५४ बजे

आईसीसी विश्वकप लिग- २ : अमेरिकाले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलामा नेपाल

५२ गर्भवतीलाई पोषण भत्ता प्रदान

तनहुँ– तनहुँकाे व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार

भोजपुरका किसान व्यवसायिक चिया खेतीमा आकर्षित

भोजपुर– भोजपुरमा अर्गानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यवसायिक खेतीतर्फ

राप्रपा प्रवक्ता श्रेष्ठले बालुवाटार बैठकमा जे देखे– ‘जेन–जीका एजेण्डा ‘हाइज्याक’ भइसकेछन्’

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार भएको त्रिपक्षीय वार्तामा सहभागी

बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम