‘भौतिक उन्नयनले मात्र समाज समृद्ध हुने होइन’ « Khabarhub

‘भौतिक उन्नयनले मात्र समाज समृद्ध हुने होइन’


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुदूरपश्चिम प्रदेश आर्थिक मामिलामन्त्री प्रकाश रावलले मानवका लागि आध्यात्मिक र भौतिक दुवै ज्ञानको समान महत्व हुने बताएका छन्।

सन्त निरंकारी मण्डल नेपालद्वारा ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोलस्थित नवनिर्मित सत्सङ्ग भवनमा शनिबार आयोजित बृहत् सत्सङ्ग कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानव हितका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताए। उनले भने, “भौतिक उन्नयनले मात्र समाज समृद्ध हुने होइन, आध्यात्मिक र भौतिक विकास एकसाथ अगाडि लैजानुपर्छ।”

सन्त निरंकारी मिसनका वर्तमान सत्गुरु सुदीक्षाजी छन्। विश्वमा मानव एकता, भाइचारा र शान्ति स्थापनाका लागि सन्त निरंकारी प्रयत्नशील रहेको जनाइएको छ। नेपालमा सन् २०२० देखि सत्सङ्ग सुरुआत भएको थियो। हाल देशको ३५ जिल्लाका विभिन्न स्थानमा नियमितरूपमा सत्सङ्गहरू सञ्चालित रहेका कार्यक्रममा जानकारी दिइयो ।

सो मानवीय सस्थाले वृक्षरोपण, सरसफाइ, रक्तदान, आँखादान, प्राकृतिक आपत्विपद्मा पीडितको उद्धारजस्ता सामाजिक कार्यमा सक्रिय सहभागी भई योगदान दिइरहेको छ। धर्मले जोड्छ, तोड्दैन, धर्म होइन भावना परिर्वतन गरौँ, प्रदूषणभित्र होस् या बाहिर दुवै हानिकारक हुन्छन्, जस्ता भनाइलाई आत्मासात गर्दै ब्रम्हज्ञानमार्फत आफ्नो जीवनको कल्याणका लागि निरंकारी सन्त सेवा, सत्सङ्ग र सुमिरणमा निरन्तर लागिरहेको सस्थाले जनाएको छ। साथै मानव जीवनको लक्ष्य ईश्वरलाई जान्नु हो र यो कार्य समयका सत्गुरुको माध्यमबाट मात्र सम्भव छ भन्ने संस्थाको विश्वास रहेको छ।

सो कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले मण्डलको भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकार तथा स्थानीय सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिए। सुदूरपश्चिम प्रदेश सभासदस्य मेघराज खड्का, मानबहादुर रावल, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा प्रेम कुँवर, समाजसेवी भरतकुमार स्वाँर, जिल्ला समन्वय समिति अछामका पूर्वसभापति नरबहादुर कुँवर कार्यक्रममा सहभागी थिए।

सो कार्यक्रममा सन्त निरंकारी सेवादल विभाग, टीकापुर क्षेत्रीय सञ्चालक नरबहादुर बटाला, काठमाडौँ क्षेत्रीय सञ्चालक बाबुराज महर्जन, केन्द्रीय सचिव अनिल महर्जन, सहसचिव नरबहादुर विश्वकर्मालगायतले सत्सङ्गका विविध पक्षमाथि जानकारी गराएका थिए।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : ४७ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक