राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने « Khabarhub

राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो ।

ट्रेजरी बिलका लागि भालि (सोमबार) दिउँसो २ बजे बोलकबोल हुनेछ । बैंकले ९१ दिनको लागि ६ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । १४ चैत यो ट्रेजरी परिपक्व हुनेछ ।

१८२ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० असार १२ गते परिपक्व हुनेछ । १ वर्षको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी १० पुस २०८० मा परिपक्व हुनेछ ।

सथै ट्रेजरी बिलका लागी सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन पाउने बैंकले जानाएकाे छ । बोलकबोलमा अत्यधिक मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी तोकिएको रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  १२ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै