राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने « Khabarhub

राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो ।

ट्रेजरी बिलका लागि भालि (सोमबार) दिउँसो २ बजे बोलकबोल हुनेछ । बैंकले ९१ दिनको लागि ६ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । १४ चैत यो ट्रेजरी परिपक्व हुनेछ ।

१८२ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० असार १२ गते परिपक्व हुनेछ । १ वर्षको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी १० पुस २०८० मा परिपक्व हुनेछ ।

सथै ट्रेजरी बिलका लागी सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन पाउने बैंकले जानाएकाे छ । बोलकबोलमा अत्यधिक मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी तोकिएको रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  १२ : २५ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम

माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी

टोकियो- जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय