ओलीनिवासमा नेताहरुको घुइँचो, प्रचण्ड पुगे, लिङ्देन बाहिरिए « Khabarhub

ओलीनिवासमा नेताहरुको घुइँचो, प्रचण्ड पुगे, लिङ्देन बाहिरिए


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संसदमा दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा नेताहरुको घुइँचो लागेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासबाट बाहिरिएका छन् । झापाबाट काठमाडौँ आएका लिङ्देन सोझै ओलीनिवास बालकोट पुगेका थिए ।

बालकोटमा लिङ्देनसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी पार्टी जसपाका नेता अशोक राई पनि पुगेको बताइएको छ ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालकोट जाने बताइएको थियो । यद्यपि उनी सोझै बालकोट नगई आफ्नै निवास खुमलटार पुगेका थिए । अहिले भने प्रचण्ड पनि बालकोट पुगेका छन् ।

नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुबीच तीव्र छलफल चलिरहेका बेला नेताहरु भेटघाटमा व्यस्त बनेका हुन् । राष्ट्रपति विद्यादेवि भण्डारीले नयाँ सरकार बनाउन दिएको समयसीमा आजै सकिँदैछ । यसअघि बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  २ : २० बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका