प्रचण्ड प्रधानमन्त्री नियुक्त भएसँगै मेयर बालेनको टिप्पणी : हामी प्रजा सधैँ सास्तीमा « Khabarhub

प्रचण्ड प्रधानमन्त्री नियुक्त भएसँगै मेयर बालेनको टिप्पणी : हामी प्रजा सधैँ सास्तीमा


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेसँगै अहिले नेपाली राजनीतिमा तरंग आएको छ ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी लगायतको समर्थनमा प्रचण्ड नाटकीय रुपमा प्रचण्ड देशको ४४ औँ प्रधानमन्त्री नियुक्त भएका हुन् ।

आइतबार दिउँसोसम्म सत्ता गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए । बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्न ओली सहमत भएसँगै नयाँ सरकार बनेको हो ।

प्रचण्ड नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले पनि आफ्नो टिप्पणी सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने, र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।’

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : १० बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट