प्रचण्डको सत्तारोहण अराजनीतिक र अराजकताको पराकाष्ठा : शेखर कोइराला « Khabarhub

प्रचण्डको सत्तारोहण अराजनीतिक र अराजकताको पराकाष्ठा : शेखर कोइराला


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित नभएको बताएका छन् । सोमबार पछिल्लो परिवर्तित राजनीतिप्रति दृष्टिकोण सार्वजनिक गर्दै नेता कोइराला संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिने बताएका छन् ।

‘संसदवाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन । संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ ।’ उनले उल्लेख गरेका छन् ।

साथै उनले पार्टीका नेता तथा कार्यकर्ता निराश हुनुपर्ने कुनै कारण नरहेको उल्लेख गरेका छन् ।  सत्ता गुम्दैमा कांग्रेसको शक्ति नगुमेको उनको भनाइ छ।

उनले भने, ‘साथीहरूमा तत्कालका लागि नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुग्यो भन्ने निराशा आउनु अस्वभाविक होइन। साथीहरू निराश हुनुपर्ने कुनै कारण छैन । हामी निरन्तर संवाद र सम्पर्कमा रहँदै तपाईंहरूका घरआँगनमा आउनेछौं।’

 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ८ : ३९ बजे

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार