पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै | Khabarhub Khabarhub

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरामा यही पुष १३ गतदेखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्यसहित प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगिता अन्र्तगत १२ इभेण्टमा प्रतिस्पर्धा हुने भएको सङ्घका अध्यक्ष सुशिलकुमार श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनका अनुसार प्रतियोगितामा काठमाडौँ, कन्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाही लगायतका २५ जिल्लाबाट तीन सय बढी खेलाडीहरु सहभागी हुँदैछन् ।

प्रतियोगिताको खुला पुरुष एकल तथा डवल तर्फको विधामा विजेता खेलाडीको टोलीलाई जनही रु ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी सोही इभेण्टमा द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई रु २० हजार नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण प्राप्त गर्नेछन् ।

प्रतियोगिता अन्तर्गत महिला एकल तथा डवल, मिक्स डवल, ३५ बर्ष माथिको डवल पुरुष उमेर समुह, ४५ बर्ष माथि डवल पुरुष, ५५ बर्ष माथि डवल पुरुष तर्फको बिधामा विजेता टोलीहरुले जनही ३० हजार, उपविजेताले जनही २० हजार र तेश्रो हुनेले जनही १० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने भएको अध्यक्ष श्रेष्ठले बताए ।

जुनियर खेलाडीको प्रोत्साहन गर्ने उद्देश्यले १२ वर्ष मुनिका खेलाडी सहभागी (यु-१२) र १७ बर्ष मुनिका खेलाडीहरु सहभागी (यु-१७) पुरुष तथा महिला तर्फको विधामा प्रतिष्पर्धा हुने भएको छ।

सो इभेण्टमा विजेता खेलाडीले जनही १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेलाई पाँच हजार नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्का सचिव फडिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ६ : ५७ बजे

‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’मा सञ्चारजगतको भूमिकाको सराहना

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देशको प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता

स्वार्थ समूहसँग चिनजान छैन : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुँजीवाद (स्वार्थ समूह) सँग

प्रदीप नेपालको बहुआयामिक व्यक्तित्वको चर्चा

काठमाडौं– पूर्वमन्त्री एवं साहित्यकार प्रदीप नेपालको प्रगतिशील विचार, साहित्यिक सृजनशीलता

सम्पत्ति शुद्धीकरणमा ‘ग्रे लिस्ट’ मा पर्नु अघिल्लो सरकारको कमजोरी : ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अन्तर्राष्ट्रिय रुपमा

श्रीलङ्कामा बस दुर्घटना हुँदा २१ तीर्थयात्रीको मृत्यु, १४ जना गम्भीर घाइते

काठमडौं- श्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना