सरकारमा सहभागी हुने विषयमा छलफल गर्न जसपाको बैठक बस्दै « Khabarhub

सरकारमा सहभागी हुने विषयमा छलफल गर्न जसपाको बैठक बस्दै


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा राजनीतिक समितिको बैठकपछि मात्रै निर्णय गर्ने जनाएको छ ।

जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी हुने या नहुने निर्णय गरिसकेको छैन । यही पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकमा यसबारेमा छलफल हुने जसपाको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार जसपाले अहिले ‘पर्ख र हेर’ को रणनीति लिएको छ ।

यसैगरी उक्त पार्टीले अहिलेसम्म पार्टीको संसदीय दलको नेतासमेत चयन गरेको छैन । प्रतिनिधिसभामा सो दलको १२ सिट रहेको छ । प्रधानमन्त्रीमा नियुक्त माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जसपासहित सात दल र तीन स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

नयाँ गठबन्धनमा रहेका दलमध्ये एमालेको ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको छ र नागरिक उन्मुक्ति पार्टीको चार सिट रहेको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ८ : १४ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक