मुख्यमन्त्री पोखरेलद्वारा कास्की कारागार निरीक्षण « Khabarhub

मुख्यमन्त्री पोखरेलद्वारा कास्की कारागार निरीक्षण


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्की कारागारको निरीक्षण गरेका छन् । कारागारमा भएका कैदीबन्दीका समस्या र कारागारको भौतिक अवस्था बुझ्न उनले निरीक्षण गरेका हुन्। उनीसँगै आन्तरिक मामिलामन्त्री दोबाटे विश्वकर्मा र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी पनि त्यहाँ पुगेका थिए ।

उनले विसं २०३५ मा एक महिना र २०३६ सालमा साढे आठ महिना सोही कारागारमा जेल जीवन बिताएको स्मरण गरे। ‘त्यो बेला जेल जीवन बिताएको व्यक्ति प्रमुख प्रतिपक्ष दलको नेता पनि भएर मुख्यमन्त्री पनि बने’, उनले भने, ‘यहाँ आउने योजना बनाइरहेको भए पनि समयको समायोजन हुन सकेको थिएन, ढिलै भए पनि अवलोकन गर्न भनेर आएको छु ।’

जेललाई सुधारगृहका रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । ‘हामीले पनि यो क्षेत्रलाई छाडेर नयाँ स्थानमा आधुनिक र सुधारगृहका रुपमा बनाउनुपर्ने हो, तर पनि त्यो गर्न नसकेको अवस्था छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘तथापि उहाँहरुलाई प्रत्यक्ष भेटौँ भन्ने उद्देश्यका साथ हामी यहाँ आएका हौँ ।’

कारागार निरीक्षणपछि आफूले जेल जीवन बिताएको समयभन्दा अहिले धेरै सुधार भएको उनले सुनाए । ‘हाम्रो पालामा सुत्नै साह्रै गाह्रो हुन्थ्यो अरू समस्या त के के थिए के के’ उनले भने, ‘अहिले धेरै सुधार भएको छ, तर त्यो अझै पर्याप्त छैन, यसलाई सुधार गर्दै लैजानुपर्छ ।’

त्यस अवसरमा प्रदेशका आन्तरिक मामिलामन्त्री विश्वकर्माले कारागार सुधारका लागि आफूहरूले सक्दो सहयोग गर्ने बताए। प्रदेशका ११ वटै जिल्ला कारागारका लागि ६० लाख बजेट छुट्टयाएको उनले सुनाए । कास्की कारागारमा अहिले आठ सय ११ कैदीबन्दी रहेको जेलर महेन्द्रबहादुर कुँवरले जानकारी दिए। त्यसमा ३६ महिला र सात सय ७२ पुरुष छन् भने तीन आश्रित नाबालक छन् । 

विसं २०२२ मा स्थापना भएको उक्त कारागारमा २० महिला र चार सय पुरुष गरी चार सय २० कैदीबन्दी राख्न सक्ने क्षमता रहेको उनले जानकारी दिए । 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १२ : २२ बजे

१३ दिनको हिरासत बसाइपछि अस्पतालबाटै रिहा भए केपी ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको

प्रि ओपन सेसन : साढे २ अंक बढीको वृद्धि

काठमाडौँ– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार

युद्धविरामपछि पनि गाजामा इजरायली दमन: ड्रोन आक्रमणमा अलजजिराका पत्रकार मारिए

गाजा – इजरायली सेनाको ड्रोन आक्रमणमा अल जजिरा मुबासेरका संवाददाता

धवलागिरी क्याम्पसमा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना

बागलुङ– बागलुङको धवलागिरी बहुमुखी क्याम्पसमा एक करोड बढीको अक्षयकोष स्थापना

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली