खडेरीका कारण धान रोपाइँमा समस्या « Khabarhub

खडेरीका कारण धान रोपाइँमा समस्या


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– खडेरीका कारण असार महीनाको धान रोप्ने मौसममा उदयपुर जिल्लामा धान रोपाइँमा समस्या भएको छ ।

आकाशे पानी नपरेका कारण धान रोपाइँमा समस्या भइरहेको बेला खडेरीले साना–साना खोलानालाको पानी समेत सुक्न थालेको छ । कुलोबाट सिँचाइ गरेर धान रोपाइँ गर्न समेत समस्या हुन थालेको सम्बन्धित किसान बताउँछन् ।

त्रियुगा नगरपालिका–७ असारीका स्थानीय किसान जनक रेग्मी भन्छन्,“यस पटक धान रोपाइँ गर्ने समय भइसक्यो, आकाशे पानी पनि पर्दैन, स्थानीय बरुवा खोलाको कुलोबाट सिँचाइ गरेर धान रोप्ने गर्दै आएको भए तापनि पानी सुकेर कमिला हिँड्न थाल्यो, अब यस पटक धान रोपाइँमा ठूलै समस्या भोग्नुपर्ने भयो ।”

चौदण्डी गढी नगरपालिका– ३ हँडियाका किसान देवराम चौधरीको पनि गुनासो उस्तै छ । चौधरी भन्छन्,“आकाशे पानी अहिलेसम्म पनि आउनै सकेन, झनै खडेरी बढ्दै गइरहेको छ, देबधार तथा त्रियुगा खोलाको पानी सुकेर कुलो नै नचल्ने अवस्था आयो, यस पटक धान रोपाइँ हुने अवस्था छैन ।”

विगतका वर्षमा चौदण्डीको हँडिया तथा सुन्दरपुर क्षेत्रमा असारको तेस्रो हप्ता सम्ममा ४० प्रतिशत धान रोपाइँ भइसक्थ्यो । यस पटक खडेरीका कारण ५ प्रतिशत पनि धान रोपाइँ नभएको समेत चौधरीले बताए ।

यस्तै कटारी नगरपालिका मरुवाका किसान दोदराज थापा समेत यस पटक खडेरीको कारण खोलानालामा पानी सुकेर कमिला हिँड्ने भएको कारण खोलाको कूलोबाट समेत धान रोपाइँ हुने आस हराएको थापा बताउँछन् ।

जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिलेसम्म उदयपुरमा– ७ प्रतिशत पनि धान रोपाइँ हु्नसकेको छैन । उदयपुरमा वर्षेनी करीब १४ हजार हेक्टरमा धानखेती हुँदै आएको छ ।

अहिलेसम्म एक दुई पटक आकाशे पानी परेको भए खोलानाला रसाएर पानीको स्रोत बढ्ने थियो । आकाशे पानी कम परेपनि धान रोप्ने सम्भाव हुने थियो, तर सामान्य रुपमा पनि आकाशे पानी नपर्दा खोलानालाको कूलोसमेत सञ्चालन गरेर धान रोप्ने अवस्था असम्भव भएको किसानको गुनासो छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  २ : १९ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ– कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ?  सहजै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)