‘कांग्रेसले सत्ता गुमाउनुमा देउवा मात्रै दोषी छैनन्’ « Khabarhub

‘कांग्रेसले सत्ता गुमाउनुमा देउवा मात्रै दोषी छैनन्’


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : प्रतिनिधिसभा सांसद तथा नेपाली कांग्रेसका नेता अजय चौरासियाले कांग्रेसले सत्ता गुमाउनुमा सभापति शेरबहादुर देउवा मात्रै जिम्मेवार नभएको बताएका छन् । पार्टीका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले देउवामाथि अनेक आरोप लगाउँदा र कांग्रेस पारदर्शी बन्न खोज्दा सत्ता गुम्न पुगेको उनको टिप्पणी छ ।

खबरहबसँगको कुराकानीमा उनले एमाले र माओवादीको गठबन्धन केवल स्वार्थको गठजोड मात्रै भएको भन्दै केही समयपछि फेरि नेपाली कांग्रेसले सत्ताको नेतृत्व गर्ने सम्भावना रहेको पनि बताए ।

‘अहिले जसरी देउवालाई झुक्याएर ओली र प्रचण्डले गठबन्धन गरेका छन्, त्यो केवल सत्ता स्वार्थ मात्रै हो । यो दिगो हँुदैन’ उनले खबरहबसँग भने, ‘फेरि कांग्रेसले सत्ता गुमाउनुमा सभापति देउवा मात्रै जिम्मेवार छैनन् । अरु पनि दोषी छन् । यो विषयमा व्यापक छलफल हुनुपर्छ ।’

संसदीय दलको चुनाव हारेपछि महामन्त्री गगन थापाले गोप्य कोठाभित्रको सहमति स्वीकार्य नहुने बताएपछि देउवा पारदर्शी भएर अघि बढ्न खोज्दा प्रचण्डले धोका दिन पुगेको चौरासियाको टिप्पणी छ ।

कांग्रेस नेता कार्यकर्ताले धैर्यता राख्नुपर्ने भन्दै अबका दिनमा कांग्रेसले आफूलाई सुधार गर्ने र फेरि सत्तामा जाने सम्भावना कायमै रहेको पनि चौरासियाले बताए ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  १ : ०४ बजे

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित