नेपाल टि ट्वान्टी क्रिकेट : विराटनगर विजयी | Khabarhub Khabarhub

नेपाल टि ट्वान्टी क्रिकेट : विराटनगर विजयी


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि-ट्वाटी क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स विजयी भएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो । पोखराले विराटनगरलाई जितका लागि एक सय ३६ रनको चुनौती दिएको थियो । 

जवाफमा विराटनगरले १८ दशमलव चार ओभरमा दुई विकेट गुमाएर एक सय ३८ रन बनायो । विराटनगरको जितमा रोहित पौडेलले अविजित ७१ रनको योगदान दिए । उनले ५७ बलमा तीन छक्का र छ चौकाको मद्दतमा ७१ रनको योगदान दिएका हुन् । त्यसैगरी गौरान्सु शर्माले ३३ रन थपे भने हुसेन तलातले २८ रनको योगदान गरे । बलिङमा पोखराका अमिर हम्जा र जाहिर खानले समान एक-एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो । पोखराका लागि अमिर हम्जाले सर्वाधिक ३७ रनको योगदान दिए भने सुमित महर्जनले २६ रन बनाए । 

त्यसैगरी कप्तान उपुल थरङ्गाले २५ रन बनाउँदा प्रतिशत जिसिले अविजित १३ तथा आसिफ शेखले ११ रन जोडे । विराटनगरका कप्तान आन्द्रे म्याकार्थीले तीन विकेट लिए भने साहब आलम, राज नानन र नन्दन यादवले समान एक-एक विकेट लिए । यससँगै चार खेल खेलेको विराटनगरले दुई खेलमा जित हात पार्दै चार अंक जोडेको छ । विराटनगर अंक तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै पाँच खेल खेलको पोखरा भने पाँचैँ खेलमा हार बेहोर्दै अङ्कताकिकाको तेस्रो स्थानमा छ ।

प्रतियोगितामा चार खेल खेलेको लुम्बिनी अल स्टार अपराजित रहँदै आठ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ । काठमाडौँ नाइट्सले तीन खेलमा दुई जित हात पार्दै चार अङ्कका साथ दोस्रो स्थानमा छ । त्यसैगरी जनकपुर रोयल्स तीन खेलमा दुई जित हात पार्दै नेटरनरेटका आधारमा चौँथो तथा फार वेस्ट युनाइटेड पाँचौँ स्थानमा छ । तीन खेल खेलेको फार वेस्टले एक खेलमा जित हात पार्दै दुई अङ्क जोडेको छ । 

प्रतियोगिताको विजेता टोलीले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख हात पार्नेछन् ।

 

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  २ : ०२ बजे

पोखरामा एमालेको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

पोखरा– नेकपा एमाले जिल्ला कमिटी कास्कीले पोखरामा शनिबार मोटरसाइकल र्‍याली

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

म्याग्दी– जिल्लाको धवलागिरि गाउँपालिका–६ मराङबाट आज प्रसूति व्यथा लागेकी महिलाको

एडीपीको साधारणसभा : गैर आवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा जोड

काठमाडौं– नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले लगानीका दायरा विस्तार गर्न सरकारी,

चाँगुनारायणमा भक्तजनहरूको घुइँचो

काठमाडौं– प्रत्येक वर्ष हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न भक्तपुरमा

रविन्द्र मिश्रको ‘माथिको आदेश छ’ लोकार्पण

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रद्वारा लिखित