कम्युनिष्ट आन्दोलनको समीक्षा गर्नुपर्छ : महासचिव मैनाली « Khabarhub

कम्युनिष्ट आन्दोलनको समीक्षा गर्नुपर्छ : महासचिव मैनाली


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माले)का महासचिव तथा पूर्वमन्त्री सिपी मैनालीले व्यवस्था परिवर्तन गरेपछि अवस्था परिवर्तन गर्न कम्युनिष्ट आन्दोलनको समीक्षा गर्नुपर्ने बताएका छन् । महासचिव मैनालीले भने, “नेकपा एमाले र माओवादी केन्द्रबीचको वर्तमान सरकार संयोग भएकाले मुलुक समृद्धितर्फ अघि बढ्ने ढोका खुला भएको छ ।”

नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले भने, “नेकपा एमाले एकीकरणको मूल आधार वैचारिक हो ।” वामपन्थी आन्दोलनले विगतमा पु¥याएको योगदानका कारण समग्रतामा मुलुकलाई मूलधारमा ल्याएको भट्टराईले बताए । सहिद हरि नेपाल प्रतिष्ठानद्वारा आज आयोजित ४३ औँ स्मृतिसभामा सहिद हरि नेपालले देश र जनताका लागि सहादत प्राप्त गरेको उनका भाइ कृष्ण नेपालले जानकारी दिए।

नेपाल सरकारले २०७२ फागुन महिनामा हरि नेपाललाई सहिद घोषणा गरेको थियो । त्यसपछि नेपालको योगदानको कदर भएको सहिद हरि नेपाल प्रतिष्ठानका अध्यक्ष भरतकुमार श्रेष्ठले बताए। सो कार्यक्रममा प्रतिष्ठान कार्यसमितिका सदस्य नवनिर्वाचित सांसद जनता समाजवादी पार्टीकी सुशीला श्रेष्ठ र नेकपा एमालेकी उर्मिला थेवेलाई अभिनन्दन गरिएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ९ : ५९ बजे

सरकारले तत्काल देखिने काम नगरेको जस्तो लागे पनि १५–२० वर्षलाई जग खन्दै छ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान

कांग्रेस कोशी सरकारबाट बाहिरिँदै, चार मन्त्रीसहित राज्यमन्त्रीले आजै राजीनामा दिने

विराटनगर- नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ। कांग्रेसका

भेरी नदीमा जिप खस्यो, चालकसहित दुईजना बेपत्ता

सुर्खेत- सर्खेतबाट सल्यानतर्फ जाँदै गरेको जिप बुधबार दिउँसो भेरी नदीमा

एमाले अनिर्णयको बन्दी बनेपछि केन्द्रीय कमिटी बैठक बोलाउन दबाब, पार्टी पुनर्गठन गर्न माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्न अस्वीकार

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली– चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले डस्दा